सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पञ्चेश्वर गाउँपालिकामा ५ ओटा खानेपानीका योजना सम्पन्न

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिकामा चालु आर्थिक बर्षमा ५ ओटा खानेपानीका योजना सम्पन्न भएका छन् । ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना, अनिरुद्र ग्रामीण सुधार केन्द्र र गाउँपालिका तथा उपभोक्ताहरुको संयुक्त सहभागितामा योजनाहरु सम्पन्न भएका हुन् ।

गाउँपालिकामा निर्मित खानेपानी योजनाहरुको अन्तिम अनुगमन समेत गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना, अनिरुद्र ग्रामीण सुधार केन्द्र र गाउँपालिकाको संयुक्त लगानिमा यो बर्ष ५ ओटा खानेपानी तथा सरसफाई योजना सम्पन्न भएका अनिरुद्र ग्रामीण सुधार केन्द्रका कार्यक्रम निर्देशक पदमराज अवस्थीले जानकारी दिए ।

१ करोड ८ लाख ३२ हजारको लागतमा भुजेनी निङलाड खानेपानी योजना सम्पन्न भएको र योजनाबाट १०३ घरधुरीका ७३० परिवार लाभान्वित भएका छन् । यस्तै १ करोड २४ लाखमा सैलोडा खानेपानी तथा सरसफाई योजना सम्पन्न भएको र यसबाट ८० घरधुरीका ४८९ जनसंख्या लाभान्वित भएका छन् । सोही योजनाबाट गाउँपालिकाको केन्द्र, स्वास्थ्यचौकी र विद्यालयमा समेत खानेपानी पुगेको अनिरुद्र ग्रामीण सुधार केन्द्रका कार्यक्रम निर्देशक अवस्थीले बताए ।

World Link Ads
Mahakali Polytechnic

यसैगरी सेली बिजुल सोलार लिफ्टिङ खानेपानी योजनाबाट ९३ घरधुरीका ५९७ जनसंख्या लाभान्वित भएका छन् । सो योजना १ करोड २० लाख ८० हजारको लागतमा निर्माण सम्पन्न भएको बताईएको छ ।

Sana Kishan

९४ लाख १७ हजार लागतमा निर्माण भएको मंगललेक बहुउपयोगी योजनाबाट ६४ घरधुरीका ७९१ जनसंख्या लाभान्वित भएका छन् । यसैगरी ९८ लाख ९ हजारको लागतमा काटेखोला सोलार लिफ्टिङ खानेपानी तथा सरसफाई योजना सम्पन्न भएको छ । सो योजनाबाट ४१ घरधुरीका ४६० घरपरिवार लाभान्वित भएका छन् ।

योजना बनेका ठाउँका प्रत्येक घरधुरीमा धारा निर्माण गरेको बताइएको छ । पञ्चेश्वर गाउँपालिकामा सम्पन्न भएका यी योजनाहरुको अनुगमन समेत गरिएको छ । सो कार्यमा ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका तर्फबाट भौतिक विज्ञ वासुदेव पाण्डेय, जलश्रोत सल्लाहकार लवराज पन्त लगायतको सहभागिता थियो ।

यस्तै गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द,उपाध्यक्ष बीना भट्ट, वडा अध्यक्षहरुले समेत योजनाहरुको अनुगमन गरेका छन् । योजनाहरु सम्पन्न भएसंगै पञ्चेश्वरमा ९० प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुगेको दाबी गरिएको छ । (सगुन खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.