कञ्चनपुर जिल्लामा झण्डै २ लाख बराबरका अबैध सामानहरु बरामद

(गोदावरी न्युज बाट सभार)

कञ्चनपुर – कञ्चनपुरमा झण्डै २ लाख बराबरका अबैध समानहरु बरामद गरिएको छ । जिल्लाको बयलबन्दा, पशुपतीटोल र फरवार्ड बेश बडुवालटोलबाट खटिएको शसस्त्र प्रहरीको पैदल सीमा गस्ति टोलिले भन्सार छली गरी ल्याउदै गरेको झण्डै २ लाख बराबरको अबैध सामानहरु बरामद गरेको हो ।

लकडाउनको समयमा पनि भारतवाट भन्सार छली गरी ल्याउदै गरेको पेय पदार्थ चिसो , प्रतिबन्धित अण्डा, मल, बिडि, सुर्ती, सलाई, चक्लेट काठसहित गरी १ लाख ९७ हजार ४५० मुल्य बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले जानकारी दिए ।

बरामद गरीएको सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ भने काठ गौरीशंकर मध्यवर्ती सामुदायिक बन कार्यालय बुझाइको उनले बताए । (गोदावरी न्युज बाट सभार)

Total
11
Shares
Related Posts

थरीथरीका नुन, कुन बढी उपयोगी ?

शारीरिक स्वास्थ्यको लागि नुनको मात्रा नियन्त्रण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । उच्च रक्तचाप जस्ता रोगहरुमा नुनको सेवन बढी हानिकारक…
पुरा पढ्नुहोस

बैतडी: डिलाशैनी गाउँपालिकामा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते…
पुरा पढ्नुहोस

तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका लागि गर्यो ३९ हजार गणकको नाम ‘सर्टलिस्ट’ !!

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक छनोटका निम्ति नाम ‘सर्टलिस्ट’ गरेको छ । अनलाइनबाट आवेदन दिएका…
पुरा पढ्नुहोस
Total
11
Share