बैतडी जिल्लामा उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन

(सगुन खबर बाट सभार)

बैतडी – बैतडीमा उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ । आइतबार साँझ सुर्नया गाउँपालिकाको सिउडेमा युवाहरुले उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरेका हुन् । उपप्रधानमन्त्री महतोले देशद्रोही अभिव्यक्ति दिएकाले पुत्ला दहन गरिएको पातालभुमेश्वर जागरण मञ्चका विनोद बिष्टले जानकारी दिए ।

पातालभुमेश्वर जागरण मञ्च, नेचुरल अर्गनाइनेजसनमा आवद्ध युवाहरुले उपप्रधानमन्त्री महतोको पुत्ला दहन गर्दै नाराबाजी समेत गरेका छन् । उनीहरुले राष्ट्रघाती सम्झौता खारेज गर, उपप्रधानमन्त्री महतो मुर्दावाद लगायतका नाराहरु लगाएका थिए ।

उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसार नियम, कानुन र संविधान हुनुपर्छ भन्ने अभिव्यक्ति दिएपछि अहिले त्यसको चौतर्फी विरोध भईरहेको छ । (सगुन खबर बाट सभार)

Total
25
Shares
Related Posts

थरीथरीका नुन, कुन बढी उपयोगी ?

शारीरिक स्वास्थ्यको लागि नुनको मात्रा नियन्त्रण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । उच्च रक्तचाप जस्ता रोगहरुमा नुनको सेवन बढी हानिकारक…
पुरा पढ्नुहोस

बैतडी: डिलाशैनी गाउँपालिकामा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते…
पुरा पढ्नुहोस

तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका लागि गर्यो ३९ हजार गणकको नाम ‘सर्टलिस्ट’ !!

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक छनोटका निम्ति नाम ‘सर्टलिस्ट’ गरेको छ । अनलाइनबाट आवेदन दिएका…
पुरा पढ्नुहोस
Total
25
Share