सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जसपा गण्डकीमा बहस : मध्यावधि चुनाव कि सरकार ?

जनता समाजवादी पार्टी, गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्न नसक्ने अवस्था भए नेकपा एमालेको नेतृत्वको सरकारमा जाने कि मध्यावधि भन्ने बहस सुुरु भएको छ ।

प्रदेशसभामा जसपाका दुई सांसद छन्, जो विपक्षी गठबन्धनमा छन् । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई पदमुक्त गरेपछि विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना बढेको छ ।

तर थापाले दायर गरेको रिटमा सर्वोच्च अदालतले दिने आदेशले विपक्षी गठबन्धनको सरकार बन्छ कि बन्दैन भन्ने निर्धारण गर्छ । यदि सांसद थापाको पद जोगिने आदेश आयो भने कांग्रेस नेतृत्वमा सरकार बनाउने प्रयास असफल हुने पक्का हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

त्यस्तो या त पृथ्वीसुब्बा गुरुङ नेतृत्वको वर्तमान सरकारलाई कुनै दलले समर्थन गर्नुपर्छ, नभए प्रदेशसभा भंग भएर मध्यावधि चुनाव हुन्छ । सत्तारुढ एमालेले तीन मन्त्री लिने गरी सरकारमा आउन र प्रदेशसभा बचाउन जसपासामु प्रस्ताव गरेको छ ।

यससँगै जसपामा विपक्ष्क्षी गठबन्धनको सरकार बन्दैन भने यही सरकारलाई साथ दिएर भएपनि मध्यावधि टार्नुपर्ने आवाज जसपाका गण्डकी प्रदेश तथा केन्द्रीय सदस्यहरुले उठाएका छन् ।

‘केन्द्रीय कमिटी विभाजन भएपनि यहाँ उपेन्द्र–बाबुराम समूहकै छौं तर मध्यावधिमा जान सक्ने स्थिति आयो भने रोक्नुपर्छ भन्ने हो,’ प्रदेश संयोजकसमेत रहेका केन्द्रीय सदस्य गणेशमान गुरुङले भने, ‘विपक्षीकै सरकार बन्छ भने हिजोदेखि नै यो सरकारको विकल्प खोजेका हौं, त्यही अनुरुप हुन्छ ।’

Sana Kishan

जसपा गण्डकीका अध्यक्ष मोती रिजालसहित बाबुराम समूह अधिकांश नेताहरु भने कुनै पनि हालतमा यो सरकारमा सहभागी हुन नहुने पक्षमा छन् । ‘राजनीतिक नीति र एजेण्डालाई भुलेर कुनै पनि हालतमा यो सरकारमा सहभागी हुन सकिंदैन’, जसपा गण्डकीका उपाध्यक्ष किरण थापा भन्छन् ।

तर केन्द्रीय सदस्य दीपक तामाङ भने मध्यावधिमा जाने अवस्था आयो भने सोच्नुपर्ने बताउँछन् । ‘केन्द्रीय निर्णयअनुसार यो सरकारको विपक्षमा उभिएका हौं, तर कसैको पनि सरकार नबन्ने स्थिति आयो भने मध्यावधि चुनावमा जानबाट बचाउनुपर्छ भन्ने हाम्रो अभिमत हो,’ तामाङले भने ।

पूर्व सांसद तथा गण्डकीको सत्ता गठबन्धन वार्ता समितिका सदस्य डीबी नेपालीले विपक्षी गठबन्धनकै सरकार बनाउनुपर्ने तर नबन्ने अवस्था आए सोच्नुपर्ने पक्षमा छन् । जसपा प्रदेश सचिव हुम गुरुङ पनि आगामी दिन पनि समन्वय गर्ने गरी यही सरकारमा जानुपर्ने बताउँदै आइरहेका छन् ।

शीर्ष नेताद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने कुनै हालतमा एमाले नेतृत्वको हालतमा नजाने पक्षमा रहेको प्रदेश सांसद हरिशण आचार्यले बताए । ‘विपक्षी गठबन्धनकै पक्षमा छौं । त्यहीअनुसार अगाडि बढ्ने हो । मूल नेतृत्वको निर्णयभन्दा तलमाथि हुँदैन,’ आचार्यले भने, ‘पार्टीले निर्णय गरेर निर्देशन जारी नगरेसम्म दायाँबायाँ हुँदैन ।’ अर्की सांसद धनमाया लामा पोखरेलले पनि पार्टीको नीति विपरीत गएर कुनै पनि प्रलोभनमा फस्ने सम्भावना नरहेको बताउँदै आएकी छन् ।

तर मुख्यमन्त्री गुरुङले भने आकर्षक मन्त्रालयसहित प्रस्ताव अघि सारेर जसपालाई फकाउने प्रयास गरिरहेको एक नेताले बताए । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.