सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

करेन्ट लागेर एक युवकको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। शनिबार दिउँसो जिल्लाको बेलौरी नगरपालिका–३ गोकुलपुर बजार बस्ने २५ वर्षीय सन्तोष चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

आफ्नै घरमा रहेको पसलमाथि लगाइएको पुरानो होडिङ बोर्ड निकालेर छतबाट तल फाल्ने क्रममा विद्युतको मूल लाइनमा छोइदा करेन्ट लागेर उनी घाइते भएका थिए।

Sana Kishan

घाइते भएका चौधरीको उपचारका लागि बेलौरीस्थित ईशान मेमोरियल अस्पतालमा पु¥याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। (dineshkhabar.com बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.