सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्रीले सक्ने जति गर्छु भन्नु भएको छ : महन्थ ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधनको प्रक्रिया अगाडि बढाएपछि सरकारमा गएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपालाई एक उपप्रधानमन्त्री, ७ मन्त्री र दुई राज्यमन्त्री दिएर मन्त्रिपरिषद् विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुको स्वागतमा शनिबार आयोजित कार्यक्रममा ठाकुरले भने, ‘हाम्रा माग र मुद्दा सम्बोधनको प्रक्रिया सुरु भएको छ । जेलमा रहेका साथीहरु पनि छुट्नु हुन्छ ।’

Sana Kishan

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सक्ने जति गर्ने बचन दिएको उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

जसपा वरिष्ठ नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले पार्टीमा अहिले विभाजित मनस्थिति देखिएपनि अधिकांश नेता कार्यकर्ता आफूहरुतिर रहेको दाबी गरे । उनले अघि भने, ‘जसपा हाम्रो हो, हाम्रो रहन्छ । समय आएपछि निर्वाचन आयोगमा पनि आफ्नो मान्यता स्थापित गर्छौं ।’ (अनलाइनखबर बाट सभार)

Dirghayu Ads

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.