सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोना कहरका कारण खानेपानी योजना प्रभावित

बैतडी – कोरोना कहरका कारण बैतडीमा चालु आर्थिक बर्षमा सम्पन्न हुने खानेपानीका योजना प्रभावित भएका छन् । कोरोना कारण भएको लकडाउनले योजना सम्पन्न गर्ने कार्यमा ढिलाई भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नम्बर १ का प्रमुख कृष्णबहादुर बोगटीले बताए ।

जिल्लामा अहिले १४५ योजना सञ्चालनमा रहेका भएपनि सबैमा कोरानाका कारण काम अघि बढाउन समस्या भएको बोगटीले बताए । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले संघबाट हस्तान्तरण भएका ७१ ओटा र प्रदेशका ८४ ओटा योजना सञ्चालन गरिरहेको छ ।

चालु आर्थिक बर्षमा २० ओटा योजना सम्पन्न गर्ने लक्ष्य रहेको भएपनि १२ ओटा योजना मात्रै सम्पन्न गर्न सकिने बोगटीले बताए । उनले भने ‘कोरोनाबाट हाम्रा पनि केही कर्मचारीहरु प्रभावित भए । धेरै ठाउँमा सामग्री अभाव भयो । त्यसैले यो पाली लक्ष्य अनुसारका योजना सम्पन्न नहुने देखिएको छ ।’

World Link Ads
Mahakali Polytechnic

बैतडीमा प्रदेशरका लिििफ्टङ खानेपानीका २१ ओटा र ग्राभेटी खानेपानीका ६३ ओटा योजना सञ्चालनमा रहेका छन् ।
दशरथचन्द नगरपालिकामा संघबाट हस्तान्तरण भएका ९ र प्रदेशका २१ गरी ३० ओटा योजना सञ्चालनमा छन् भने पाटन नगरपालिकामा संघबाट हस्तान्तरण भएका १९ र प्रदेशका ९ गरी २८ योजना सञ्चालनमा रहेका छन् । यस्तै मेलौली नगरपालिकामा संघबाट हस्तान्तरण भएका ३ र प्रदेशका ७ गरी १० ओटा योजना सञ्चालनमा रहेका छन् ।

Sana Kishan

यसैगरी सुर्नया गाउँपालिकामा संघबाट हस्तान्तरण भएका ७ र प्रदेका ८ गरी १५ ओटा योजना सञ्चालनमा रहेका छन् । यसैगरी सिगास गाउँपालिकामा संघबाट हस्तान्तरण भएका ७ र प्रदेशका १३ गरी २० ओटा योजना सञ्चालनमा रहेका छन् ।

यस्तै शिवनाथ गाउँपालिकामा संघबाट हस्तान्तरण भएका ३ र प्रदेशका २ गरी ५ ओटा योजना सञ्चालनमा रहेका छन् भने पञ्चेश्वर गाउँपालिकामा संघबाट हस्तान्तरण भएका १ र प्रदेशका ४ गरी ५ ओटा योजना सञ्चालनमा रहेका छन् ।

सञ्चालित योजनाहरुमध्ये धेरैमा अहिले कोरोनाका कारण काम सञ्चालन हुन नसकेको कार्यालय प्रमुख बोगटीले बताए । (भगीरथ अवस्थीले sagunkhabar.com मा लेखेका छन्)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.