सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साढे सातको दशाले कुन राशिलाई धेरै असर गर्छ ?

साढे सातको दशाले पिरोल्ने ज्योतिषीहरू बताउँछन् । साढे सातीको अन्तिम वर्ष र कुण्डलीमा शनी उच्च भएको अवस्थामा भने त्यसले केही फल पनि दिने बताइन्छ । विभिन्न ज्योतिषीहरूले बताएका तथा विभिन्न ग्रन्थहरूमा प्रकाशित भएका विद्वानहरूले बताएका आधारमा हामीले राशि अनुसार साढे साती दशाले पार्ने असर यहाँ प्रस्तुत गरेका छौँ;

मेष राशिमा शनिको साढे सातको समस्या देखा परेमा कामको तनाव र चिन्ता बढी हुने भएकाले कुनै पनि निर्णय हतारमा नलिनू । वृष राशिमा शनिको साढे सातको समस्या देखा परेमा कुनै कुराको थालनी पूर्व आफन्त वा विश्वासी नाताका मानिससंग सल्लाह लिनू । मिथुन राशिमा शनिको साढे सातको समस्या देखा परेमा आर्थिक विषयमा सोचविचार गर्नू ।

कर्कट राशिमा शनिको साढे सातको समस्या देखा परेमा जान्नेबुझ्ने जानकार व्यक्तिसँग परामर्श गरेर अघि बढ्नू । सिंह राशिमा शनिको साढे सातको समस्या देखा परेमा कुनै पनि सवारी साधन प्रयोग गर्दा होस पु¥याउनू । कन्या राशिमा शनिको साढे सातको समस्या देखा परेमा नहतारीकन सुझबुझका साथ काम गर्नू ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

तुला राशिमा शनिको साढे सातको समस्या देखा परेमा प्राप्त भएको धनसमेत हातबाट फुत्कने भएकोले ख्याल पुर्याउनू । वृश्चिकमा शनिको साढे सातको समस्या देखा परेमा अपजस तथा अवरोध खेप्नुपर्ने भएकोले होसीयारी हुनू । धनु राशिमा शनिको साढे सातको समस्या देखा परेमा मेहनत अनुसारको फल पाउन सकिन्न । शंका गर्नेहरु बढ्छन् । बेचैनी बढ्छ । विवाद झेल्नुपर्छ । सचेत हुनू ।

मकर राशिमा साढे सातको समस्या देखा परेमा ठुलो निर्णय लिनु चुक्नुहुने हुँदा सुझाव लिएर काम गर्नू । कुम्भ राशिमा साढे सातको समस्या देखा परेमा खुट्टा तान्नेहरु सक्रिय हुने भएकोले शनिलाई प्रसन्न गराउर्नू । मीन राशिमा साढे सातको समस्या देखा परेमा भाग्य अनुकूलता नभएमा जस्तो मेहनत गरेमा पनि बनेको काम फूत्कन्छ । शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ । (gnewsnepal.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.