सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा आज थप ८७ जनाले कोरोना जिते

बैतडीमा शुक्रबार थप ८७ जनाले कोरोना जितेका छन् ।

शुक्रबार विभिन्न स्थानीयतहका गरि ८७ जनाले कोरोना जितेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यस्तै शुक्रबार थप ९ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ५ जना, सिगास गाउँपालिकाका २ जना, पुर्चौडी नगरपालिकाका र दशरथचन्द नगरपालिकाका १ ÷१ जनामा रहेका छन् ।

यो सँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या २ सय ९० रहेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ८२ जना, पाटन नगरपालिकामा ५६ जना, सुर्नया गाउँपालिकामा २८ जना, डिलाशैनी गाउँपालिकामा २६ जना र पञ्चेश्वर गाउँपालिकामा २३ जना रहेका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तै सिगास गाउँपालिकामा २२ जना, मेलौली नगरपालिकामा २२ जना, शिवनाथ गाउँपालिकामा १६ जना, पुर्चौंडी नगरपालिकामा ६ जना र दोगडाकेदार गाउँपालिकामा ५ जना सक्रिय संक्रमित रहेका छन् ।

Dirghayu Ads

बैतडीमा अन्य ठाउँका ४ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । (radio7star बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.