सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अमेरिकाले पनि नेपाललाई कोरोनाको खोप दिने

काठमाण्डौ – अमेरिकाले नेपाललाई कोरोना खोप दिने भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको हो ।

‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको छ, जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाल सहितका मुलुकले प्राप्त गर्नेछन् ।

Sana Kishan

कोभ्याक्समार्फत वितरण हुने खोपमध्ये करिव ६० लाख ल्याटिन अमेरिका र क्यारेबियन देशमा जानेछ । बाँकी ७० लाख दक्षिण र दक्षिणपूर्वी एसिया तथा ५० लाख अफ्रिकामा जाने घोषणा गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic

एशियाका लागि छुट्याइएको ७० लाख डोज खोप नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुन्यूगिनी, ताइवान र एशिया प्यासिफिक आइल्याण्डलाई दिइने घोषणा गरिएको छ । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.