सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा कक्षा १ देखि ९ सम्म पनि आन्तरिक मुल्याङ्कनबाटै नतिजा प्रकासन गरिने

बैतडीमा पनि आन्तरीक मुल्याङ्कनकै आधारमा परिक्षाफल तयार पारीने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण वर्षीक परिक्षा गर्न नसकिएकोमा आन्तरिक मुल्याङ्कनकै आधारमा नतिजा निकाल्ने भएका हुन ।

जिल्लाका सबै स्थानिय तहहरुले आन्तरीक मुल्याङ्कनबाटै नतिजा निकाल्ने कार्य गरीरहेको शिक्षा बिकास तथा समुन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिनुभयो ।

Sana Kishan

कक्षा ४ देखि ९ सम्म ४० प्रतिसत पाठ्यक्रमले तोके बमोजिम आन्तरीक मुल्याङ्नबाट र ६० प्रतिसत त्रैमासिक तथा अर्ध बार्षीक परिक्षाको आधारमा वर्षीक नतिजा निकाल्ने योजना अघि सारिएको मेलौली नगरपालिकाका शिक्षा साखा प्रमुख हरी प्रशाद भट्टले जानकारी दिनुभयो । कक्षा १ देखि ३ सम्मको पुर्णतया आन्तरिक मुल्लाङ्कनबाटै परिक्षफल प्रकाशित गरिने उहाले बताउनुभयो ।
यसैगरी पाटन नगरपालिकाले पनि सोहि अनुसार परिक्षागर्ने जनाएको छ । कोरोना संक्रमणको जोखिमले गर्दा परिक्षा सञ्चालन गर्न नसकिएकोले आन्तरीक मुल्याङ्कनलाई आधार मानेर वर्षीक नतिजा निकाल्ने पाटन नगरपालिकाका शिक्षा साखा प्रमुख बिर्खराज भट्टले बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

दशरथचन्द नगरपालिकाले पनि ३ सदस्यीय मुल्याङ्कन समिति गठन गरेर आन्तरीक मुल्याङ्कनबाटै नतिजा प्रकासन गर्न पत्राचार गरीसकेको छ । (कृष्ण बिष्टले  radio7star मा लेखेका छन्)

Dirghayu Ads
radio7star बाट सभार
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.