सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा रहेको महाकाली अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि खोलिएको ठेक्का रद्ध

कञ्चनपुर – जिल्लामा रहेको महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका खोलिएको बोलपत्र (ठेक्का) रद्द भएको छ ।

बोलपत्र मूल्यांकन प्रक्रियालाई लिएर विवाद देखिएपछि अक्सिजन प्लान्ट स्थापनाका खोलिएको बोलपत्र (ठेक्का) रद्द भएको हो ।

दोस्रो चरणको कोरोना भाइरस महामारी फैलिए पछि अस्पतालले दुई साता अघि चार करोड रुपैयाँमा अक्सिजन प्लान्ट स्थापनाका लागि बोलपत्र आह्वान गरेको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अस्पतालले सबैभन्दा कम रकम कबोल गर्ने सप्लायर्सलाई ठेक्का नदिई अन्यलाई दिएको आशंका गरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठ र अस्पताल व्यवस्थापन समितिलाई विवादमा तानिएको थियो।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रेस विज्ञप्ति निकालेर विरोध गरेको थियो। नागरिक स्तरको अस्पताल सुधार समितिका केही सदस्यले पनि सामाजिक सञ्जालमा लेखिएका धारणालाई लिएर विरोध गरेका थिए।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्टडेन्ट डा श्रेष्ठले मूल्यांकन प्रक्रिया पूरा नभएर अघि बढेको अवस्थामा विवाद गरिएपछि ठेक्का प्रक्रिया रद्द गरिएको बताए। (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.