सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रुपन्देहीमा जेठ ३१ गतेसम्म लम्बियो निषेधाज्ञा

रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ । जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीएमसी) को सिफारिस अनुसार बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा वैशाख १६ गते यता निषेधाज्ञा जारी छ । यसपटकको निषेधाज्ञामा एग्रोभेट पसल स्वास्थ्य मापदण्ड अपनाएर प्रत्येक दिन साँझ ८ बजेदेखि विहान ४ बजेसम्म खोल्न पाइने व्यवस्था मिलाइएको र अन्यको हकमा यसअघिकै निर्णय यथावत रहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

यस्तै मल बिउ लगायत कृषिसँग सम्बन्धित वस्तुको बिक्री र उत्पादनलाई खुकुलो गरिएको तामाङले जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

निषेधाज्ञा अवधिमा शान्ति सुरक्षा,स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टिन, फोहोरमैला, व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी जस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन गर्न पाइने छैन ।

प्रशासनले निषेधाज्ञा अवधिमा भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरेको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ मल, ब्यूटिपार्लर र स्वीमिङ् पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाएको छ । (अनलाइनखबर बाट सभार)

हेर्नुहोस् सूचना

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.