सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा बिहिबार थप ५१ जनाले कोरोना जिते, २९ जनामा संक्रमण पुष्टि

बैतडीमा बिहिबार थप ५१ जनाले कोरोना जितेका छन ।

बिहिबार जिल्लामा रहेका ५१ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै बिहिबार जिल्लामा थप २९ जनामा संक्रमण पुष्टि भएको छ । पाटन नगरपालिकामा १६ जना, मेलौली नगरपालिकामा६ जना, पुर्चौडी नगरपालिकामा ३ जना , पञ्चेश्वर गाउँपालिकाका २ जना, दशरथचन्द नगरपालिका र मुगु जिल्लाका १÷१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ६८ रहेको छ । सक्रिक्य संक्रमित मध्ये सबैभन्दा बढि पाटन नगरपालिकामा ८३ जना, दशरथचन्द नगरपालिकामा ८१ जना , डिलाशैनी गाउँपालिकामा ६१ जना सक्रिय संक्रमित रहेका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तै दोगडाकेदार गाउँपालिकामा ३० जना, सुर्नया गाउँपालिकामा २८ जना, मेलौली नगरपालिकामा २२ जना, सिगास गाउँपालिकामा २० जना, पञ्चेश्वर गाउँपालिकामा १८, शिवनाथ गाउँपालिकामा १६ जना, पुर्चौडी नगरपालिकामा ५ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य ठाउँका ४ जना सक्रिय संक्रमित रहेका छन् ।

Dirghayu Ads

जिल्लामा अहिले सम्म कोरोनाबाट १५ जनाको मृत्यु भईसकेको छ । (radio7star बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.