सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हुलाकी सडक : चार वर्षमा २५ किलोमिटर कालोपत्रे

सडक निर्माणको दोब्बर समय सकिन लाग्दा समेत कञ्चनपुरको हुलाकी सडक निर्माणको काम कछुवा गतिमा छ । यहाँको डोकेबजार देखि दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता गरिएको थियो ।

हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनियर पदमबहादुर मडैले तीस महिनाभित्र सक्नु पर्ने काम अहिले २५ किलोमिटर मात्रै कालोपत्रे भएको बताए । तीनवटा प्याकेजमा निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको ढिलासुस्ती र कोरोना कहरका कारण समयमा सम्पन्न हुन नसकेको हो । “ पटक पटक निर्माणका लागि समय थप गर्दा पनि काम भएन”, इन्जिनियर मडैले भने, “अहिले पनि कोरोना अवधिमा रोकिएकाले ६ महिना म्याद थप गर्ने भनिएको छ तर माथिबाट परिपत्र आएको छैन ।” कोरोनाको दोस्रो लहरमा थला परेको सडक निर्माण सरकारले निर्माणमा अवरोध नगर्ने भनेपछि पुनः शुरु हुने सुरसारमा छ ।

Sana Kishan

त्यसैगरी हुलाकी सडकको बीच खण्डमा पर्ने (बेलौरी–बेल्डाडी) बेलौरी नगरपालिका ८ पचुँइ क्षेत्रमा भने लामो समयदेखि भारतीय पक्षले एक हजार दुई सय मिटर सडक निर्माणमा अवरोध गर्दै आएको छ । इञ्जिनियर मडैका अनुसार पहुँचमा भारतीय पक्षले लामो समयदेखि सडक निर्माणमा अवरोध गर्दै आएपनि त्यसको अझै समाधान खोजिएको छैन् ।

World Link Ads
Mahakali Polytechnic

“त्यहाँ जिपिएस नक्साका माध्यमबाट सडक क्षेत्र भारतले आफ्नो दाबी गर्दै काम गर्न दिँदैन”, इञ्जिनियर मडैले भने, “स्थानीय प्रशासनले सो विषय दुई पक्षको संवादमा हल गर्नु आवश्यक छ ।” भारतले त्यहाँ ३८ नं. सीमा स्तम्भलाई आधार मानेर विवाद गर्दै आएको स्थानीयको भनाई छ । उक्त १२ सय मिटर सडक निर्माण कम्पनीले कालोपत्रे गर्ने तयारी गरिरहँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको बताइएको छ । रु १ अर्ब ९ करोड भन्दा बढी लागतको उक्त आयोजना समयमा सम्पन्न भए कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकहरुलाई आवागमनमा निकै सहज हुनेछ । (उपहार खबर बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.