सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्लामा पनि जेठ मसान्त सम्म निषेधाज्ञा लम्बियो

कञ्चनपुर – कञ्चनपुरमा पनि जारी निषेधाज्ञा पनि लम्बिएको । जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकको सिफारिश अनुसार जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको हो । जिल्लामा कोभिड संक्रमणदर धेरै नघटेको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।

निषेधाज्ञाको समयमा सबै बैंक तथा वित्तीय संस्थाहरु आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

Sana Kishan

यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर प्रत्येक हप्ताको आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुला गर्न पाउने निर्णय भएको छ । त्यस्तै विवाह व्रतबन्धको हकमा बढीमा १० जनासम्म सहभागी हुन पाउने आदेशमा उल्लेख गरिएको छ । (सगुन खबर बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.