सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी ८ खाने कुराले बढाउछ युरिक एसिड !!

धेरै मानिसहरु युरिक एसिडले दुख दिएर चिन्तामा हुन्छन । मानिसले खानपान जीबनशैलमा ध्यान नदिाद युरिक एसिड लहुन्छ । शरीरमा प्रोटिनको मात्रा बढी भएमा युरिक एसिड बढ्छ । तसर्थ, खानपानमा विशेष ध्यान दिनुपर्छ । यसका लागि पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्नुपर्छ ।

जसले बढीभन्दा बढी युरिक एसिड पिसाबको माध्यमबाट बाहिर निकाल्छ । युरिक एसिड हुनेमानिसहरु रातो मासु, सी फुड, दाल, राजमा, च्याउ, बन्दाकोभी, मटर, पनि र भिन्डीलगायत पदार्थको मात्रा बढी हुँदासमेत युरिक एसिड बढ्ने हुनाले यसता खानेकुरा मिलाएर खाने गर्नुपर्छ ।शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । यो शरीरमा नभई नहुने महत्वपूर्ण तत्व हो ।

हाम्रो जीबनशैली नमिलेर नै युरिक एसिड बढ्ने गर्छ । जसले गर्दा जोर्नीको दुखाइ, मधुमेह र पिसाबमा समस्या आउने गर्छ । शरीरमा युरिक एसिडको मात्रा पत्ता लगाउन रगतको जाँच गर्नुपर्छ । रगतमा युरिक एसिडको मात्रा तीनदेखि सात मिलिग्राम प्रतिलिटर भए त्यसलाई सामान्य मानिन्छ । तर, रगतमा एसिडको मात्रा सात मिलिग्रामभन्दा बढी भएमा हाइपरयुरिसेमिया भएको मानिन्छ । युरिक एसिड हुँदा बिहान उठ्दा बुढी औँला दुख्ने, सुन्निने तथा हिँड्न अप्ठ्यारो हुने युरिक एसिडका लक्षण हुन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसबाहेक कुर्कुच्चा, घुँडा, कुहिना र औँलाका जोर्नीमा दुखाइ हुन सक्छ । रातो मासु, सी फुड, दाल, राजमा, च्याउ र पनिरलगायत खाद्यपदार्थको मात्रा बढी हुँदा युरिक एसिड बढ्छ ।उच्च औषधिको सेवन, थाइराइडमा समस्या, आइरनको मात्रा बढेमा र मदिरापानले पनि युरिक एसिड बढ्छ । यसर्थ, यस्ता चिजबाट बच्न आवश्यक हुन्छ ।

युरिक एसिडको लक्षण देखापरेमा चिकित्सकको सल्लाहबमोजिम जोर्नी दुख्नेरसुन्निने कम गर्ने औषधिको सेवन गर्नुपर्छ । र हाम्रो जीबन शैली र खानपानमा सुधार गरेमा युरिक एसिड हुन पाँउदैन । (gnewsnepal.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.