सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पछिल्लो २४ घन्टामा थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण, १०१ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बुधबार थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।

प्रवक्ता डा. पौडेलका अनुसार १३ हजार ८०५ पीसीआर र ३ हजार ७३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा ५ हजार ३१६ जनामा संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा ७ हजार २१९ जनाले कोरोना जितेका छन्। यो ८० दशमलव ८ प्रतिशत हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १०१ जनाको कोरोनाबाट मृत्यु भएको छ।

Sana Kishan

हालसम्म १ लाख १ हजार ९९३ जना कोरोनाका सक्रिय संक्रमित छन् भने ८३७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

World Link Ads
Mahakali Polytechnic

यस्तै काठमाडौं उपत्यकामा १४ सय ५६ जनामा कोरोना संक्रमित थपिएका छन्। काठमाडौं ९६९ भक्तपुर १८१ र ललितपुरमा ३०६ जनामा संक्रमण देखिएको हो।  (annapurnapost.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.