सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्लामा हुलाकी सडक निर्माणमा फेरि भारतीय पक्षको अवरोध

कञ्चनपुर – भारतीय पक्षले कञ्चनपुरमा हुलाकी सडक निर्माणको काममा फेरि अवरोध गरेको छ ।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ पुचुई क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले झण्डै १३ सय मिटर सडकको काममा अवरोध गर्दै आएको हो ।

गत वर्ष ग्रावेल तथा बेस, सव–बेसको काममा अवरोध गरेको एसएसबीले यो वर्षपनि कालोपत्रेको तयारी गर्दा अवरोध गरेको सडक निर्माणको ठेक्का पाएको बाबाहंस सिद्धिका संचालक चक्रदीप शाहले बताए । उनले बाटो त्यहि भएपनि १३ सय मिटरमा हिड्न समेत रोक लगाएको बताए ।

World Link Ads
Mahakali Polytechnic

गत वर्ष बेसको काम हुँदै थियो, काम रोकियो । यो पटक कालोपत्रेका लागि तयार गर्दै थियौ । अझ उनीहरु आए धम्काएर गए उनले भने भारतीय क्षेत्र पर्ने भन्दै काम गर्न दिदैनन् ।

Sana Kishan

सीमा क्षेत्रमा हुलाकी सडक निर्माणको काममा अवरोध हुँदै आएको बिषय स्थानीय प्रशासनलाई समेत जानकारी छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले संघीय सरकारलाई समेत यो बिषयमा जानकारी पठाएको छ। तर कुनै आधिकारीक जवाफ भने आएको छैन् ।

रिफेन्स पिलर क्षेत्रको पुर्वतिर १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न अनावश्यक बखेडा झिक्दै आएको स्थानीय हरिचन्द ठकुरी बताउँछन् । भारतीय पक्षले जिपिएस नक्साका माध्यम बाट उक्त सडक भारतको भूमिमा पर्ने दावि गर्दै काममा अवरोध गर्दै आएको छ ।

उता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतीय पक्षसंगको समन्वयमा सडक निर्माणको कामलाई अगाडी बढाइने बताएका छन् । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.