सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

 बैतडीको सुर्नया गाउँपालिकाको डोडेश्वर पुल जिर्ण !

बैतडी – बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ स्थित डोडेश्वर पुल जिर्ण हुँदा स्थानीयबासीहरुलाई समस्या भएको छ । गाउँपालिकाको केन्द्र जोड्ने झोलुंगे पुल मर्मत सम्भार नहुँदा आवतजावतमा कठीनाई भएको स्थानीयहरुले बताएका छन् ।

सडक सञ्चालन नभएका बेला सुर्नया गाउँपालिकाको केन्द्रमा जाने मुख्य बाटोमै रहेको पुल जिर्ण हुँदा निकै समस्या भएको सुर्नया गाउँपालिका वडा नं २ का स्थानीय मोहनबहादुर बिष्टले बताए । उनले भने ‘डोडेश्वर झोलुंगे पुल निर्माणका लागि मैले मौखिक रुपमा पटक पटक पालिकासंग आग्रह गरेको छु । अहिले सम्म पुल मर्मत भएको छैन् । बर्षातको समयमा पुल नहुँदा हामीलाई समस्या हुने गरेको छ ।’

सडक सञ्चालन नभएका बेला पैदल बाटो भएर सुर्नया गाउँपालिका १, २, ३ र ४ नम्बर वडा बासिन्दा सोही पुल भएर जाने भएपनि पुल जिर्ण हुँदा समस्या भएको छ । जिर्ण पुलको मर्मत सम्भारका लागि आग्रह गरेको भएपनि स्थानीय सरकारले ध्यान नदिएको स्थानीय हेमन्त महराले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नजिकै मसानघाट भएकाले पनि डोडेश्वर पुल मर्मत गर्नु आवश्यक रहेको उनको भनाई छ । बर्षातको समयमा डोडेश्वर खोलामा तर्न नसकिने र पुल पनि जिर्ण हुँदा समस्या भएको महराले बताए ।

डोडेश्वर झोलुंगे पुल मर्मत सम्भारका लागि चालु आर्थिक बर्षमै बजेट विनियोजन गरेर मर्मत सम्भारको तयारी भईरहेको गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले बताए । उनले भने ‘कार्यपालिकाको बैठक बसेर पुल मर्मतका लागि बजेट छुट्याउँछौं । पुल मर्मत गर्ने बिषयमा छलफल भईरहेको छ ।’

यो पुल भएको ठाउँ वडा नं ४ को क्षेत्र भएकाले वडा कार्यालयले पनि पुल मर्मतका लागि पहल गर्ने सुर्नया गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष दिनेशप्रसाद भट्टले बताए । पुल जिर्ण हुँदा समस्या भएको कुरा अवगत भएको र यसलाई चाँडै मर्मत सम्भार गर्ने उनले दाबी गरे । (सगुन खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.