सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्ता अलौकिक शक्तिका धनी हुन्छन यी राशि हुनेहरु !

के तपाईंले याद गर्नुभएकोछ कि तपाईंको साथीले अघिल्लो हप्ता केहि भविष्यवाणी गरेको कुरा पछिल्लो हप्ता साँचो भएको छ वा तपाईंको नजिकै बसिरहेको कसैले तपाईंलाई केही भन्यो र केहि मिनेटमानै त्यो कुरा साँचो भयो अथवा यस्तो पनि हुनसक्छ कि तपाईंको भविष्यवाणी सहि भयो ।आज, हामी तपाईंलाई ती राशि चक्रहरूको बारेमा जानकारी दिँदैछौं, जून राशि भएका मानिसहरू भन्छन् कि तिनीहरू कुनै कुराको महसूस गरिरहेका छन् भने त्यो एकदम सत्य हुन्छ ।

कसरी हुन्छ त मानिसहरुलाई पहिले नै महसुस ?यो सोच्ने कुरा हो कि केहि व्यक्तिको अनुमानहरू कसरी सहि हुन्छ त वा जे कुरा उनीहरुले पहिले नै महसुस गर्यो त्यो प्रायः सत्य नै हुन्छ । धेरै व्यक्तिहरू भन्छन् कि उनीहरू कुनै चीजको वा केहि कुराको महसुस गरिरहेका छन् र केहि हप्ता भित्रै त्यो सत्य पनि हुन्छ। त्यस्तो सहज ज्ञान केहि व्यक्तिहरूको लागि रहस्य हो जसलाई भविष्यका घटनाहरूको कुनै ज्ञान पनि हुँदैन। तर पनि कसरी उनीहरूलाई यति स्पष्ट रूपमा भविष्यको झलक आउछ भन्ने कुरा धेरै आश्चर्यजनक छ ।

ज्योतिषशास्त्रको अनुसार, यसमा ताराहरुको भूमिका रहन्छ । जून तारा अन्तर्गत हामीले जन्म लिएका हुन्छौं , त्यसले हाम्रो जीवनमा गहिरो प्रभाव पार्छ । हाम्रो जन्म देखि हाम्रो पूरै जीवनमा हुने घटनाहरू ग्रहहरूको परिवर्तनशील गतिको कारण हुन्छ , त्यसैले गर्दा एउटै राशि भएका दुई व्यक्तिको बानी पनि उस्तै हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

यसैगरी कुनै यस्ता राशिहरु पनि छन् जून राशि भएको मानिसको भविष्यवाणी साँचो हुन्छ । यसमा उनीहरुको मद्दत गर्छ उनीहरुको राशिको ग्रह । त्यस्ता व्यक्तिहरूलाई भविष्यमा हुने घटनाहरूको आभास पहिलेनै हुन्छ ।

Sana Kishan

कर्कट राशि= भावनात्मक राशिहरुमा कर्कट राशि पनि पर्छ । यस राशिका मानिसहरूलाई अरुको भावनाको कदर गर्न आउँछ । साथै यी मानिस अरुको आवश्यकता पनि थाहा पाउँछन् । यो राशि हुने मानिस अरुको दुख देख्न सक्दैनन् । यो राशिको ग्रह चन्द्र हो, जून पानीसँग जोडिएको हुन्छ , त्यसैले गर्दा यो राशि हुने मानिसलाई भविष्यमा घट्ने घटनाको पहिलेबाट आभास हुन्छ ।

वृश्चिक राशि= यस राशि भएका मानिस धेरै नबोल्ने प्रकितिका हुन्छन् तर जब बोल्छन् तब निकै गहकिला कुरा गर्छन् । यो राशि भएका मानिसलाई कुनै पनि नाराम्रो घटना घटना घट्छ भनेर पहिलेनै आभास हुन्छ । यो राशिको ग्रह मंगल हो जून पानीसँग जोडिएको हुन्छ यसै कारण हुनसक्छ यिनिहरुलाई केहि कुराको आभास पहिलेबाटनै हुन्छ ।

मीन राशि= यो राशिको स्वामी शनि हो जसले गर्दा यो राशि भएको मानिसलाई पहिलेबाट महसूस हुन्छ भविष्यमा के हुन्छ भनेर । यी मानिस आफ्नै दुनियामा भुलेर बस्ने माछे भए पनि उनीहरुलाई आभास हुन्छ कि उनीहरुको वरिपरी के हुँदै छ र के हुनेछ । यस राशिको ग्रह पनि पानीसँग जोडिएको भएर उनीहरुलाई पूर्व आभास हुन्छ । (gnewsnepal.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.