सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा लागुऔषध सहित दुई जना पक्राउ

कैलाली – जिल्लामा लागुऔषध सहित २ जना पक्राउ परेका छन । भजनी नगरपालिका–५ दुधुवाफाटाबाट लागुऔषध ब्राउन सुगर सहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

दुधुवाफाटास्थित सडकखण्डमा से ७ प ८६४७ नंको स्कुटर चेक जाँच गर्ने क्रममा स्कुटरमा सवार सोही नगरपालिका–१ गौनियाका गणेश कोली र वडा नं २ रजवाराका मनोज मल्ललाई पाँच ग्राम लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

Sana Kishan

उनीहरुविरुद्ध लागुऔषध ब्राउन सुगर शीर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालत कैलालीबाट म्याद थप गरि अनुसन्धान भइरहेको उनले बताए । (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.