सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हातले खाना खानु राम्रो कि चम्चाले ?

मानिसमा धुनिकरण बढ्दै गएको छ । कति मानिस चम्चा तथा काँटाले खानेकुरा खाने गर्दछन् । अध्ययनले बताए अनुसार विश्वभरको तत्थ्याङ्क हेर्ने हो भने धेरै जसो मानिसले चम्चा तथा काँटाले खानुभन्दा हातले खानुमै सहज मान्छन् । यद्यपि हातले खाना खाने विषयलाई लिएर विभिन्न खाले धारणाहरु नभएका होइनन् ।

कतिपय योग विज्ञ तथा वैज्ञानिकहरुले समेत हातले खाना खाने क्रममा हाम्रो हातका अन्य औँला तथा बुढीऔँलाबीच मिलन भएर एउटा मुद्रा बन्ने र त्यो मुद्राले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत पूराउने बताउँछन् ।

भोजन विज्ञका अनुसार खाना पकाउने प्रक्रिया पनि भावनात्मक विज्ञानमा आधारित रहेको छ । भोजन तयार गर्ने, पकाउने तथा पस्किने प्रक्रियामा पकाउने वा पस्किने मानिसको प्रेम पनि समाहित भएको हुन्छ, जसले आफ्नो प्रभाव छोड्दछ । विभिन्न अध्ययन अनुसार हातले खाना खाँदा जुन तृप्ती मिल्दछ त्यो चम्चा वा काँटाले खाँदा मिल्दैन ।

World Link Ads
Mahakali Polytechnic

आयुर्वेदका अनुसार सिधै हातले भोजनको स्वाद लिँदा त्यो बढि पौष्टिक तथा स्वास्थ्यबर्धक हुन्छ । पूर्वीय भोजनहरु खिचडी, दाल(भात, हलुवा, रोटी जस्ता परिकारहरु खानुको असली आनन्द हातबाटै प्राप्त हुन्छ ।हातले खाना खाँदा खानेकुरालाई मुछ्ने र हातसम्म पूराउने प्रक्रियामा ध्यान केन्द्रित गर्नुपर्छ । यसलाई माइण्डफुट सेटिङ पनि भनिन्छ । त्यसैले हातले खानु भनेको चम्चा वा काँटाले खानुभन्दा बढि लाभप्रद छ ।

Sana Kishan

माइण्डफुट इटिङका अन्य केही फाइदा पनि हुन्छन् । ती मध्ये सबैभन्दा महत्वपूर्ण भनेको यस्तो प्रकारको खुवाइले खानामा भएका पोषकतत्वहरु सरीरले सजिलैसँग लिन सक्छ । साथै पाचन प्रक्रियामा सन्तुलन आउने र पेटको गडबडी पनि कम हुन्छ ।

प्राकृतिक विज्ञानका अनुसार हातले खाना खाँदा हामीले थालमा रहेका खानेकुरालाई सही तरिकाबाट मिसाउन पाउँछौँ । यदि चम्चाले खाने हो भने त्यो काम पेटले गर्नुपर्छ । पेटले गर्नुपर्ने प्रारम्भिक काम हातले नै गरेपछि पाचन क्रियामा पेटमाथिको दबाब कम हुन्छ र पाचन प्रक्रिया सन्तुलित हुन्छ । कब्जियत, अपच तथा डकार आउने जस्ता समस्या कम हुन्छन् ।

हातले खाना खाने क्रममा पलेटी कसेर गुन्द्रीमा बसियो भने अझै लाभदायक हुने योगविज्ञानको दाबी छ । भोजन ग्रहणका बेला पलेटी कसेर बस्दा सुखासनको मुद्रा बन्दछ । यसबाट स्वाद ग्रन्थीहरु सक्रिय हुने र भोजन सही ढंगले पेट सम्म पुग्ने र राम्रोसँग उपापचयन हुन्छ ।

जब चम्चाले खाइन्छ तब हामीलाई थाहा हुँदैन की तरकारी वा खाना काँचो छ वा राम्रोसँग पाकेको छ । चिसो छ वा तातो छ रु तर हातले खाना खाँदा हामीले यो कुरा थाहा पाउन सक्छौँ । यसले खानाको प्रकार वा अवस्था अनुसारको पाचन रस उत्सर्जन गर्नका लागि हाम्रो मस्तिष्कले सम्बन्धित ग्रन्थीहरुलाई निर्देशित गर्न पाउँछ ।पाचन रस सही ढंगले उत्सर्जन भयो भने खानेकुरा राम्रोसँग पच्दछ र पोषक तत्वपनि सरीरले राम्रोसँग ग्रहण गर्दछ । (gnewsnepal.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.