सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत !

सामान्यतया हाम्रो शरीरले हामीलाई सम्पूर्ण किसिमका रोगहरुको बारेमा संकेत दिइरहेको हुन्छ । यद्यपि, मानिसहरु त्यसलाई देखेर अथवा थाहा पाएर पनि वेवास्ता गर्छन् । त्यस्ता संकेतहरुमा यदि तपाईंले समयमा नै ध्यान दिनु भयो भने रोग लाग्ने खतरा कम हुन्छ । यद्यपि, त्यस्ता संकेतको पहिचान गरेर तपाईंले आफ्नो स्वास्थका बारेमा अनुमान लगाउन सक्ने कुरामा चिकित्सकहरु समेत सहमत भएका छन् ।

यूरीन÷पिसाव
तपाईंले शौचालय जाँदा कहिले आफ्नो पिसावलाई नियालेर हेर्नु भएको छ रु पिसावको रंगले पनि तपाईंको स्वास्थको बारेमा बताउन सक्छ । चिकित्सकहरुका अनुसार पिसावको रंग सामान्य रुपमा हल्का पहेंलो हुनु पर्छ । यसका साथै पिसावबाट कुनै दुर्गन्ध आएको छ कि भन्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ ।

फोहोर नङ
ओठ जस्तै नङले पनि तपाईं स्वास्थ हुनु हुन्छ कि छैन भन्ने कुरा संकेत गर्छ । हात–खुट्टाको नङमा अनौठा धर्सा, निशान अथवा त्यसको रंग परिवर्तन तपाईं अस्वस्थ भएकोतिर संकेत गर्छ । नङको रंग सधैं रातो हुनु पर्छ । शरीर कुनै पनि गम्भीर रोगको चपेटामा त छैन भन्ने कुरा नङसंग सम्बन्धित संकेतले थाहा पाउन सकिन्छ ।

World Link Ads
Mahakali Polytechnic

कम उचाई
तपाईंले मानिसको उचाई बढेको बारेमा सुन्नु भएको होला, तर के तपाईंले कहिले उचाई घटेको बारेमा सुन्नु भएको छ ? प्रायः मानिस यस बारेमा सोच्दैनन् । तर वास्तवमा हाम्रो उचाई घट्न पनि सक्छ । वास्तवमा हड्डिसंग सम्बन्धित एउटा समस्या छ । हामी यहाँ त्यस्ता थोरै मानिसहरुको बारेमा कुरा गरिरहेका छौं, जसको उचाई प्रोटीन र क्याल्शियम जस्तो महत्वपूर्ण पोषक तत्वको कमिका कारण घट्छ ।

Dirghayu Ads

बडी फ्याट पर्सेन्टेज
एउटा स्वास्थ शरीरका लागि बडी फ्याट पर्सेन्टेज सन्तुलित हुनु अति नै आवश्यक छ । बडी फ्याट पर्सेन्टेज बढ्नुको अर्थ तपाईंको शरीरमा लीन टिश्यूबाट धेरै फ्याट टिश्यू बनिरहेको छ, जसका कारण मांसपेशि कमजोर हुन्छ । रनिङ, वाकिङ अथवा कुनै पनि किसिमको शारीरिक गतिविधि नहुनका कारण यस्ता समस्या बढ्छ ।

मुखको दुर्गन्ध
गीजामा सूजनका कारणले प्रायस् मुखबाट दुर्गन्ध आउन थाल्छ । तर, के तपाईंलाई थाहा छ, तपाईंको मुखबाट आउने दुर्गन्धको सम्बन्ध तपाईंको इम्यून सिस्टमसंग पनि हुन्छ भन्ने कुरा ? मुखबाट दुर्गन्ध नआउनुको अर्थ तपाईंको इम्यून सिस्टम एकदम दुरुस्त छ भन्ने हुन्छ ।

Sana Kishan

खुट्टा सूजन
रेडबुकको एउटा रिपोर्टका अनुसार शरीरको तल्लो भाग अर्थात खुट्टाहरुमा सूजन थाइराइड, किड्नी अथवा मुुटु सम्बन्धि समस्याको कारेमा बताउन सक्छ । उक्त सूजन शारीरिक गतिविधिहरुका कारण मात्र हुन्छ भन्ने छैन ।

सुख्खा ओठ
हामीले कतिपय त्यस्ता मानिसहरु देखिरहेका हुन्छौं, जो आफ्नो ओठ सुख्खा भयो भन्दै ओठमा प्रायः लिप बाम लगाइरहेका हुन्छन् । ओठ सधैं सुख्खा भैरहनु कुनै ठूलै समस्याको संकेत हुनसक्छ । चिकित्सकहरुका अनुसार ओठ फुट्ने समस्या शरीरमा भिटामिनको कमी हुनुका कारणले हुन्छ ।

निद्रा
के तपाईं राति पुरै सुत्न सुक्न हुन्छ ? मानिसको निद्रामा स्वास्थ्यसंग सम्बन्धित थुप्रै कुराहरु लुकेका हुन्छन् । गलत तरिकाको खानपिन, अत्यधिक कफीनको सेवन अथवा शरीरबाट पर्याप्त इनर्जी ननिस्कने कारणले स्लिपिङ डिसअर्डर अर्थात निद्रासंग सम्बन्धित समस्या पैदा हुन्छ, जुन तपाईं अस्वस्थ हुनु हुन्छ भन्ने कुराको ठूलो संकेत हुनसक्छ ।

शरीरको तापक्रम
हात–खुट्टा सधैं चिसो भैरहनु सामान्य कुरा होइन । सामान्यतया मौसमको तापमानको हिसाबले नै हाम्रो शरीरको तापक्रम परिवर्तन हुन्छ, यद्यपि यदि तपाईंले लगातार आफ्नो शरीरको तापक्रम कम भएको महसुस गर्नु भएको छ भने त्यो कुनै गम्भिर समस्याका कारण हुन्छ । हात–खुट्टा लगातार चिसो हुनु शरीरमा ब्लड सर्कुलेशनको समस्याको कारणले हुन सक्छ । तपाईंको शरीरका ती अंगहरुसम्म पर्याप्त रक्त प्रवाह नहुनु नै यो समस्याको कारण हुन सक्छ ।

छालामा खराबी
छालाको गुणस्तरबाट मानिसको स्वास्थ्यको स्तरलाई पहिचान गर्न सकिन्छ । सामान्यतया केही मानिसहरुमा दादको समस्या हुन्छ, यद्यपि छालासंग सम्बन्धित यी समस्याले तपाईं अस्वस्थ हुनु भएको संकेत गर्दछन् । खराब डाइटले तपाईंको छालाको गुणस्तर खराब हुनसक्छ । यदि तपाईंले छालामा केही अनौठा दागहरु देख्नु भयो भने केही कुरा गलत भैरहेको छ भन्ने बुझ्नु पर्छ । (gnewsnepal.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.