सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना पुष्टि, ६ हजार ४९१ जना संक्रमणमुक्त, ११४ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ६१ ह्जार ३०२ पुगेको छ । हाल एक लाख छ हजार ४७० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

Sana Kishan

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म चार लाख ४७ हजार ४४६ सङ्क्रमित कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोनाबाट निको हुने दर ७९.७ प्रतिशत पुगेको छ । हाल ६८९ जना क्वारेन्टिनमा छन् । (उपहार खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.