सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लाका ग्रामीण क्षेत्रहरुमा रोपाइँ सुरु

कोरोना कहरका कारण नागरिकमा त्रास कायमै रहेपनि बैतडीका ग्रामीण क्षेत्रमा भने धान रोपाइँ सुरु भएको छ। यहाँका गाउँघरमा अहिले रोपाइँ गर्नेको निकै भीड लाग्ने गरेको छ। कोरोना संक्रमणलाई बेवास्ता गर्दै यहाँ रोपाइँले गर्दा चहलपहल पनि त्यत्तिकै मात्रमा बढेको स्थानीयवासीले बताएका छन ।

यस वर्ष जिल्लामा समयमै बर्सात भएको र यहाँका खोला नदी क्षेत्रमा पानी बढेका कारण रोपाइँ छिटो गर्न सहज भएको मेलौली नगरपालिका –२ सलेनाका निता भट्टले बताइन । उनले भनिन, ‘बन्दाबन्दीले खासै अरू काम पनि केही थिएन, समयमै बर्सात भएको छ, अनि रोपाइँ गर्न सुरु गरेका छौँ, कोरोनाको खासै चिन्ता छैन ।’ कोरोना महामारीका कारण जिल्लामा निषेधाज्ञा जारी भएपछि सहरी क्षेत्रमा प्रायः सुनसान भए पनि ग्रामीण भेगमा भने रोपाइँको चहलपहल सुरु भएको बताइएको छ।

Sana Kishan

मानो रोपेर मुरी फलाउने महिनाका रुपमा चिनिँदै आएको असार महिना लाग्न अझै दुई हप्ता बाँकी रहँदा समेत यहाँका गाउँघरमा रोपाइँको चटारो सुरु भएको पाटन नगरपालिका १ सकारका किसान करवीर भट्टराईले बताए । कोरोना फैलिएपछि विदेश तथा अन्य ठाउँबाट सबै घरमै फर्किएकाले रोपाइँ गर्न सहज भएको किसानको भनाइ छ। वर्षाले समयमै रोपाइँ सुरु गर्न पाएपछि यहाँका कृषक हर्षित भएका छन्। (लक्ष्मण विसीले radio7star मा लेखेका छन्)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.