सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चिनियाँ खोप ५५ देखि ६५ वर्षकालाई दिइने

चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ ।

उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान सोमबार साँझ बेइजिङ जाँदैछ र मंगलबार खोप नेपाल आइपुग्दैछ । भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखरेलले जानकारी दिए ।

यो उमेर समूहमा पनि मृत्युदरको विश्लेषण र खोपको उपलब्धतालाई आधार मानेर ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये कसलाई पहिले दिने भन्ने तय गरिने पोखरेलले जानकारी दिए । यही समयमा नै शिक्षक र सवारी चालकलाई पनि खोपको व्यवस्था गर्ने उनको भनाइ छ ।

World Link Ads
Mahakali Polytechnic

यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दिइएको थियो । तर उनीहरुले दोस्रो डोज खोप नपाउँदै नयाँ उमेर समूहका लागि खोप अभियान सुरु गर्न लागिएको हो ।

Sana Kishan

पहिलो डोज खोप जुन लगाएको छ, दोस्रोमा पनि त्यही खोप लगाउनुपर्ने हुनाले चीनबाट ल्याएको खोप विगतमा खोप लगाइसकेका जेष्ठ नागरिकले लगाउन नमिल्ने मन्त्रालयको भनाइ छ ।

करिब ६५ वर्षका माथि ९ लाख भन्दा बढी र कुल साढे १४ लाख ज्येष्ठ नागरिकसहित दोस्रो डोज खोपको पर्खाइमा रहेको मन्त्रालयको तथ्यांक छ । उनीहरुलाई बेलायतको एस्ट्राजेनेकाले उत्पादन गरेको खोप लगाउने तयारी भएको पोखरेलले बताए ।

‘एस्टाजेनिका खोप जुन देशबाट आएपनि सबैभन्दा पहिले हामी पहिलो डोज लगाएकालाई प्राथमिकता दिनेछौं’ उनले भने, ‘अबको १५ दिनमा एस्ट्राजेनेकाको खोप नेपाल आउनेमा आशावादी छौं ।’ (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.