सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको मालाखेती अस्पतालका लागि ५ वटा अक्सिजन कन्सेट्रेटर अत्तरिया पुग्यो

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको वडा नं ३ मा रहेको मालाखेती अस्पतालका लागि ५ वटा अक्सिजन कन्सेट्रेटर अत्तरिया पुगेको छ ।

अत्तरिया केही सामाजिक युवाहरु मिलेर कोरोना महामारीका बेला अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु परोस भन्ने उद्देश्यले हाम्रो गोदावरी हाम्रो अभियान ’ संचालन गरी पहिलो चरणमा ५ वटा अक्सिजन कन्सेट्रेटर ल्याएको हो ।

हाम्रो गोदावरी हाम्रो अभियान ’ अन्र्तगत जनस्तरवाट सहयोग संकलन गरी जम्मा भएको रकमवाट विदेशवाट ल्याइएका अक्सिजन कन्सेट्रेटर आज बिहानै मात्रै अत्तरिया पुञ्याइएको अभियानका संयोजक प्रमोद अधिकारीले जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

आजै उक्त अक्सिजन कन्सेट्रेटर अस्पताललाई हस्तान्तरण गरिने उनले बताए । पहिलो पटक ५ वटा अक्सिजन कन्सेट्रेटर ल्याएको बताउदै बाकिँ आवश्यकता अनुसार पछि पनि ल्याइने उनले बताए ।

Dirghayu Ads

अक्सिजन कन्सेट्रेटर संगसंगै अस्पताललाई अति आवश्यक अन्य उपकरणको ब्यबस्थापनका बिषयमा पनि कुराकानी भैरहेको र यस बिषयमा पनि छलफल गरिने उनले बताए ।

अक्सिजन कन्सेट्रेटर खरिदका लागि देश बिदेशवाट धेरैले आ आफ्नो तर्फ मन खोलेर सहयोग गरेका थिए । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.