सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रदेश २ सरकारको गुनासो : चालु वर्षमा भन्दा पनि कम बजेट दिइयो

प्रदेश २ सरकारले चालु आर्थिक वर्ष भन्दा पनि कम बजेट उपलब्ध गराएको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएको छ । संघीयता कार्यान्वयनको सन्दर्भमा प्रदेश र स्थानीय तहलाई कम्तीमा ६० प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा नगरेको प्रदेश २ सरकारको भनाइ छ ।

‘प्रदेश र स्थानीय तहलाई कम्तीमा ६० प्रतिशत बजेट विनियोजन हुनुपर्नेमा संघलाई बढी विनियोजन गरी चालु आर्थिक वर्ष २०७७÷७८ मा भन्दा पनि कम वित्तीय हस्तान्तरण गरिनु सिद्वान्त विपरित देखिन्छ,’ प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बजेटप्रति आफ्नो लिखित प्रतिक्रिया सार्वजनिक गर्दै भनेका छन् ।

उनका अनुसार चालु आवमा प्रदेशलाई ४.३१ प्रतिशत बजेट दिए पनि आगामी आवको लागि ४.१२ प्रतिशत मात्रै दिइएको छ । कुल बजेट १६ खर्ब ४७ अर्ब ५७ करोडमा प्रदेशका लागि ४.१२ र स्थानीय तहका लागि ६.६५ प्रतिशत बजेट मात्रै छुट्याइएको मन्त्री यादवले बताएका छन् ।

World Link Ads
Mahakali Polytechnic

संघीय सरकारले शनिबार प्रस्तुत गरेको बजेटबारे मन्त्री यादवले आइतबार १९ बुँदे लिखित प्रतिक्रिया सार्वजनिक गरेका छन् । जसमा ११ बुँदे विरोध गरेका छन् भने ८ बुँदामा सकारात्मक भनेका छन् ।

वितरणमुखी कार्यक्रमले रोजगारी सृजना गर्न नसकिने जनाउँदै उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण लगायतका विभिन्न कार्यक्रम प्रदेश र स्थानीय सरकारले सञ्चालन गर्न सकिने भए पनि केन्द्रमै राखेकोमा आपत्ति जनाए ।

Sana Kishan

कृषि, लघु, घरेलु तथा साना उद्यम कार्यक्रम संविधानतः प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारीमा पर्नेमा केन्द्र सरकारले कार्यक्रममा बजेट विनियोजन गर्नु गलत रहेको उनको भनाइ छ ।

सुरक्षित नागरिक आवास कार्यक्रममा विनियोजित रकम ३ अर्ब ५० करोड न्यून रहेको र यस्ता कार्यक्रम प्रदेश सरकारबाट सञ्चालन हुँदै आएकाले केन्द्रीय कार्यक्रममा राख्नुभन्दा वित्तीय हस्तान्तरण मार्फत प्रदेश सरकारमा आउनुपर्नेमा उनको जोड छ ।

बजेटमा कोरोना उपचार नियन्त्रण तथा रोकथाम केन्द्रित बजेट र कर छुट सम्बन्धमा गरेको व्यवस्थालाई सकारात्मक भन्दै मन्त्री यादवले विद्युतीय सवारी साधन प्रयोगमा प्रोत्साहन, निजी क्षेत्रको सुविधामा बढोत्तरी, निःशुल्क कोरोनाविरुद्धको खोपको सुनिश्चितता गर्नुलाई सकारात्मक उल्लेख गरेका छन् ।

कोरोना महामारी नियन्त्रणमा खटिएका जनशक्तिलाई प्रोत्साहन कार्यक्रम, अक्सिजन उद्योगको स्थापनामा प्रोत्साहनलाई पनि मन्त्री यादवले सकारात्मक भनेका छन् । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.