सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्तो पवित्र जिन्दगी बारबार नमिल्न सक्छ

यस्तो पवित्र जिन्दगी बारबार नमिल्न सक्छ। लाग्छ अब खुसीको समाचार नमिल्न सक्छ।

हिँड्दै बनाउनु छ, हिड्ने नीति विधि पद्धति, ढुङ्गा हतियार बनाउ हतियार नमिल्न सक्छ।

मेरो रोजाइ भन्दा तिम्रो रोजाइ भिन्न हुँदैगयो, खुसी पायौ भने नि मेरो प्यार नमिल्न सक्छ।

World Link Ads
Mahakali Polytechnic

बालुवाटार बनाउदै छुँ ख्याल राख तिमीलाई प्रवेशको अनुमती बालुवाटार नमिल्न सक्छ।

Dirghayu Ads
Sana Kishan

तिमीलाई जस्तै मलाई पनि सरकारकै चिन्ता, जिन्दगीमा फेरि यस्तो सरकार नमिल्न सक्छ।

लाग्छ दुनियाँभन्दा अलग कताकता हिडिएछ, तिम्रो बस्तिको झै बस्न दरवार नमिल्न सक्छ।

तिमी जस्तै खुसी छु तिम्रो यो चमत्कार देखेर , किन लाग्छ हेर्न अब चमत्कार नमिल्न सक्छ।

२०७८/०२/१४ महेन्द्रनगर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.