सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गगन चन्द डिभाइन फाउण्डेसनद्वारा जिल्ला अस्पताल बैतडीलाई अक्सिजन सिलिण्डर हस्तान्तरण !!

बैतडी– गगनचन्द डिभाइन फाउण्डेसनले जिल्ला अस्पताल बैतडीलाई १० थान नयाँ अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । कोभीडका बिरामीहरुको उपचारका लागि सहज होस भनेर फाउण्डेसनले आफ्नै लगानिमा सिलिण्डर खरीद गरी अस्पताललाई हस्तान्तरण गरेको हो । फाउण्डेसनका अध्यक्ष दानबहादुर चन्दको आर्थिक सहयोगमा फाउण्डेसन मार्फत अक्सिजन सिलिण्डर खरीद गरिएको गगनचन्द डिभाइन फाउण्डेसन बैतडीका सचिव गोविन्दराज जोशीले बताए । उनले भने ‘फाउण्डेसनका अध्यक्ष दानबहादुर चन्दको आर्थिक सहयोगमा सिलिण्डर खरीद गरिएको हो । हामीले आज अस्पताललाई हस्तान्ततरण गरेका छौं ।’

गगन चन्द डिभाइन फाउण्डेसन बैतडीका अध्यक्ष राजबहादुर चन्दले शुक्रबार जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् । करीब साढे तीन लाखको लागतमा अक्सिजन सिलिण्डर बैतडीका पुगेका सचिव जोशीले बताए । दुईथान अक्सिजन सिलिण्डर दशरथचन्द नगरपालिका वडा नं ६ को एम्बुलेन्सका हस्तान्तरण गरिएको जोशीले बताए ।

Sana Kishan

विभिन्न संघसंस्थाहरुले अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान गरेको अस्पतालले धन्यवाद ज्ञापन गरेको छ । यसले कोभीडका बिरामीहरुको उपचारमा सहज हुने अस्पतालले जनाएको छ । (सगुन खबर  बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.