सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोना कहरका कारण  बालबालिकाको शैक्षिक गुणस्तर खस्किँदै !!

बैतडी – जिल्लाको सुर्नया गाउँपालिका ६ की कक्षा ७ की छात्रा रञ्जना अवस्थीलाई विद्यालय नगएको दुई महिना हुन थाल्यो । गत बर्ष पनि उनले खासै विद्यालय जान पाइनन् । विद्यालय जान नपाएपछि उनको पढाई चौपट छ। शिक्षण सिकाईका अन्य विधि प्रभावकारी नहुँदा रञ्जना जस्ता सैयौं बालबालिकाको शैक्षिक गुणस्तर खस्किँदै गएको छ ।

शिक्षण सिकाई वैकल्पिक उपाय नहुँदा ग्रामीण क्षेत्रका बालबालिकाहरुको शैक्षिक स्थिती कमजोर बन्दै गएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए । कोरोनाका कारण गत बर्षदेखि शिक्षण सिकाईका क्रियाकलाप प्रभावित भएका अवस्थीले बताए । उनले भने ‘बैतडीको हकमा अनलाइन कक्षा पनि त्यति प्रभावकारी भएको छैन् । अनलाइन कक्षाका लागि आवश्यक उपकरण र नेटवर्कको समस्या रहेको छ ।’

अहिले पनि जिल्लाका सबै ठाउँमा माध्यमिक तह सम्मका सबै विद्यालयमा परीक्षा हुन सकेको छैन् । परीक्षा कसरी सञ्चालन गर्ने, आन्तरिक मूल्याकंन गर्ने अथवा अन्य कुनै विकल्पबाट कक्षोन्नती गर्ने भन्ने बिषयमा निर्णय भई नसकेको इकाई प्रमुख अवस्थीले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

बालबालिकाहरुलाई शिक्षण सिकाई उपलब्धि परीक्षणका लागि कुनै न कुनै विधि अपनाउनुपर्नेमा उनले जोड दिए । उनले भने ‘अहिले माध्यमिक तह सम्म शिक्षा हेर्ने अधिकारी स्थानीय तहलाई । स्थानीय सरकारहरु यो बिषयमा चनाखो हुनुपर्छ ।’

बालबालिकाहरुलाई उपयुक्त शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न नसक्दा अहिले बालबालिकाहरुको शैक्षिक स्तर खस्कदै गएको शिक्षक लवदेव अवस्थीले बताए । अधिकांश बालबालिकाहरु अहिले घरमै रहेकाले उनीहरु घरायसी काममै व्यस्त रहेका उनले बताए । उनले भने ‘हाम्रो परिवेशमा कक्षा शिक्षण भन्दा अन्य विकल्पहरु खासै छैनन् । कोरोना कहरका कारण बालबालिकाहरु अहिले घरमै छन् । उनीहरु घरायसी काममै व्यस्त छन् ।अभिभावहरु पनि शिक्षा प्रति त्यति ध्यान दिदैनन् ।’

बैतडीमा ५४० सामुदायिक विद्यालय र २२ ओटा संस्थागत विद्यालय रहेका छन् । (भगीरथ अवस्थीले sagunkhabar.com मा लेखेका छन्)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.