सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पोषिलो सुत्केरी सुप कसरी बनाउने ?

सुत्केरी अवस्था महिलाको लागि विशेष संवेदनशिल र जोखिम अवस्था हो। यस अवस्थामा महिलाको लागि साधारण अवस्थामा भन्दा २५ प्रतिशत बढी पौष्टिकतत्वहरुको आवश्यकता पर्दछ।सुत्केरी अवस्थामा महिलालाई विशेष गरी प्रोटिन शक्ति आइरन, फोलिक एसिड, भिटामिन ए र क्याल्सियनका साथै अन्य पौष्टिकतत्वहरुको थप आवश्यकता पर्दछ।

पौष्टिकतत्वको साथै नवजात शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउन बढी पोषिलो र झोलिलो खानाको आवश्यकता पर्दछ। त्यसैले सुत्केरी अवस्थामा महिलाले पोषिलो सुप खानुपर्ने हुन्छ ।पोषिलो सुपले सुत्केरी महिला र नवजात शिशुको पोषण अवस्थामा सुधार गर्न सहयोग पु¥याउछ। त्यसैले आज हामी पोसिलो सुप कसरी बनाउने भन्ने विषयमा जानकारी दिदैछौं।

पोषिलो सुप बनाउन केके चाहिन्छ ?सुत्केरी महिलाले खाने पोषिलो सुप बनाउन ७० ग्राम चामल, २० ग्राम हरियो मुङ्ग, ३ ग्राम ज्वानो, २ ग्राम जिरा, २ ग्राम नुन र ५ ग्राम घ्यु वा तेल आवश्यक पर्छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कसरी बनाउने पोषिलो सुप ?पोषिलो सुप बनाउन आवश्यक सामग्रीको व्यवस्था गर्ने । चामल, हरियो मुङ्ग, ज्वानो र जिरा राम्ररी केलाउने । ती सामग्रीलाई छुट्टाछुट्टै भुट्ने र फेरी केलाउने । केलाएको सामग्रीलाई फेरी छुट्टाछुट्टै पिस्ने । पिसिएको सामग्रीलाई चाल्ने । सबै सामाग्रीलाई मिसाउने र राम्ररी चलाउने ।

Dirghayu Ads

यसरी तयार पारिएको पोषिलो सुपको कच्चा खाद्यवस्तुलाई तातोपानीमा आवश्यकता अनुसार धुलो सुप, नुन र घ्यु राखेर राम्ररी चलाएर हल्का पकाउने । झोल सुप तयार भएपछि सुत्केरी महिलालाई खुवाउने ।यस्तै बाँकी रहेको पोषिलो सुपको कच्चा खाद्य पदार्थलाई हावा नछिर्ने बट्टामा प्याक गरेर राख्न सकिन्छ ।

१०० ग्राम पोषिलो सुत्केरी सुपमा पाइने पौष्टिकतत्व यी हुन्ः–जलांस ५ दशमलब ८,–शक्ति ३७० दशमलब ७ कि क्या,–प्रोटिन १२ दशमलब ७ ग्राम,–चिल्लो पदार्थ १ दशमलब ८५ ग्राम,–क्रुड फाइबर शुन्य दशमलब ९१ ग्राम,–कार्वोहाइड्रेट ७५ दशमलब८ ग्राम पौष्टिकतत्व पाइन्छ । (gnewsnepal.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.