सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धेरै चिया पिउदा यस्ता हुन्छन फाईदा !!!

के तपाईं पनि त्यस्तै एक व्यक्ति हो, जसलाई चिया नभइ हुँदैन ? अर्थात् चिया धेरै पिउने गर्नुहुन्छ ? प्रायजसो चिया धेरै पिउने मान्छेलाई सल्लाह दिने गरिन्छ कि धेरै चिया पियो भने बिमार भइन्छ, कम गर !

 

तर, यहाँ हामीले चिया पिउने व्यक्तिका लागि खुसीको समाचार लिएर आएका छौं । एक खोजका अनुसार धेरै चिया पिउने व्यक्ति कम चिया पिउनेको तुलनामा काममा धेरै फोकस हुने तथा क्रियटिभ हुने गर्छन् ।

 

चिया पिउनाले एकाग्रता बढ्ने खोजबाट पत्ता लागेको छ । धेरै चिया पिउने व्यक्तिमा मानसिक स्पष्टता समेत राम्रो हुने गरेको रिसर्चबाट पत्ता लागेको छ । चिया पिउनाले मानिसमा क्रिएटिभिटी बढ्न जान्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

खासगरेर चियामा क्याफिन र थियनाइन उपलब्ध हुन्छ । जसले मानषिक अलर्टनेस बढाउने गर्छ । फूड क्वालिटी एण्ड प्रिफरेन्स जर्नलमा प्रकाशित रिसर्च रिपोर्टका अनुसार एक कप चिया पिएपछि कुनै पनि व्यक्तिले आफ्ना मानषिक चुस्तता महसूस गर्न सक्छन् ।

 

मनोवैज्ञानिकहरुको टीमले ५० जना विद्यार्थीमा यसको रिसर्च गरेका हुन् । रिसर्चमा सहभागी विद्यार्थीको उमेर २३ साल थियो । आधा विद्यार्थीलाई पिउनका लागि चिया दिइयो भने आधालाई चिया । त्यसपछि पत्ता लाग्यो कि चिया पिउने विद्यार्थीमा रचनात्मक क्षमता (क्रिएटिभिटी) बढी देखियो ।

 

(urlabarinews.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.