सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा लसुनले ल्यायो किसानमा समृद्धि !!

बिश्वब्यापी रुपमा कोरोना भाईरसले सक्रान्त पार्द गईरहेको अवस्थामा गतबर्ष लडीबुडी गरी भारतको हरिद्धारमा पढाई संग काम गर्न गएका वेदकोट नगरपालिका वडा न. ८ गाउजी बैजनाथ टोलका देवराज भट्ट १४ बर्ष भारतमै बसेका रोगले गर्दा नेपाल फर्के । १४ दिनको क्वारेन्टाइनमा बसेपछि जब उहाँको रिपोर्ट नेगेटिभ आयो तब उहाँ आफ्नो घरतिर लागे । उहाँ भारतको हरिद्धारमा रोजगारी गुमाई नेपाल आएपछि परिवर्तित समय तथा मौसमका कारण घरमै बसिरहेका थिए । घरमा बेरोजगार भएपछि उहाँलाइ घरधन्दा चलाउन समेत गाह्रो भ​एको थियो । घरमै बस्दै गर्दा वडा कार्यालयबाट लसुनका लागी सहयोग गर्ने भनेपछि उहाँले वडामा गई निवेदन पेश गरे र उहाँको नाम छनौट भएपछि लसुन खेती सुरु गरे ।

उहाँले ३ कठ्ठामा लगाउनका लागी तालिम सहित बिउ तथा अन्य औजार,मल लगायत पाएपछि लसुन खेती गरेका थिए । उहाँले बैशाखमा लसुन निकाल्ने काम गरे, उनको कम्तिमा ७ सय किलोग्राम लसुन फलेको रहेछ । उहाँले १५० प्रतिकिलोका दरले लसुन बजारमा बेचिरहेका छन दर ‘बढने क्रम जारी नै छ’ भन्छन । उहाँ एक लाख ५ हजार भन्दा बढी रुपया कमाउनमा सफल भएका छन । उहाँले जेष्ठ भित्र सबै बेच्ने तयारी समेत गरेका छन । उनले आफ्नी आमाको किडनीको समस्या रहेकोले औषधी उपचारमा उक्त पैसा खर्च गरिरहेका छन भने केही लसुन लाई ग्रेडिङ्क गरी बिउका लागी राखी अघिल्लो बर्ष ६ कटटामा लगाउने योजना रहेको छ । उनको प्रतिक्रिया थियो, “गहु लगाएको भए ५ हजार हुनेथिएन यसले मलाई ठुलो राहत भएको छ “।

World Link Ads
Mahakali Polytechnic

वेदकोट नगरपालिका वडा न. ७ को मन्दिरपुरमा बस्ने प्रकाश डगौरा दुई बर्ष अगाडी कतारमा श्रमिक भिसामा गएका थिए । कोभिडको महामारीसंगै उनीपनि आफनो रोजगारी गुमाई चैत महिनामा घरमा पुगेका थिए । उनी बेरोजगारी भई घरमै बसेपछि स्वीट नेपाल र युएनडिपीले कोभिड बाट रोजगारी गुमाई आएका ब्यक्तिहरुका लागी रोजगारी सिर्जना गर्ने भन्ने सुनेपछि उनले वडामा निवेदन दिएपछि छनौट भएका थिए । उनले ५ कठ्ठामा लुसन लगाए र अहिले बैशाखमा १० क्विन्टल उत्पादन गरेका छन । उनले अव १० कठ्ठामा लगाउनका लागी १ क्विन्टल बिउ राखेका छन भने अरु १५० रुपयाका दरले ब्रिकि गरेका छन । उनले यसबाटै डेढ लाख आम्दानी समेत गरेका छन । उहाँले आफनो र भाईका लगाएर ४ जना छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउदै छन । “एक बर्षसम्म तिर्न नसकेको शुल्क अहिले तिरेको छु” उनले भने ।

Dirghayu Ads

Sana Kishan

यस्तै भारतको बैंगलोरमा चौकीदारीमा काम गर्दे आईरहेका वेदकोट नगरपालिका वडा न. ७ का कलसादेवि पार्कीका श्रीमान पनि कोरोना महामारीबाट आक्रान्त​ भई लकडाउनको समयमा नेपालमा आएका थिए । घरमा एक सानो झुप्रो र तीन कठ्ठा मात्रै जमिन भएकोले भारतमै रहेको रोजगारीमा भर थियो, उनको । रोजगारी गुमेपछि उनले स्वीट नेपालका कर्मचारीहरुबाट लसुन खेतीमा अनुदानको सुचना पाए र वडामा निवेदन हालेपछि छनौट भए । उनले भएको ढाई कठ्ठामा लसुन लगाए सो जमिनमा साढे चार क्विन्टल लसुन फलाएका छन । बेरोजगारले खानका लागि समेत समस्या हुने गरेको थियो, अहिले उनले एक सय पचास किलो लसुन बेचेर ५ क्विन्टल गहु खरिद गरेका छन जसले उनको घरको ५ जना परिवारका लागि बर्षभरी खान पुग्छ । उनले लसुनले ३ छोराछोरीका लागि शुल्क तिर्ने र कपडा किनेका छन उनले खुसी हुदै भने, “अब ५ कठ्ठा ठेक्कामा भएपनि लिन्छु अनि लसुनको बिउ राखेको छु, लसुन लगाउछु ।”

वेदकोट नगरपालिका वडा न. ७ मा बस्ने उमेश धामी पनि २ बर्ष ४ महिना मलेसियामा हार्डवयर कम्पनिमा काम गर्दे गर्दा लकडाउन भएपछि नेपाल छिरेका हुन । समान्य अवस्था फर्किन्छु भनी नेपाल फर्केका उनी लक​डाउन र कोरोना मत्थर नभएपछि नेपालमै बस्ने निधो गरे । बेरोजगार भएर बस्दै गरेको अवस्थामा वडाबाट सुचना थाहा भएपछि लसुन पकेट क्षेत्रमा निवेदन हाले र नाम आएपछि लसुन खेतीका लागी स्वीट नेपालबाट तालिम, बिउ, मल तथा आवश्यक औजारहरु ल्याए । ४ कठ्ठामा लसुन लगाएका उनले सो लसुनबाट ९ क्विन्टल फलाएका छन । उनले ५० हजार जतिको लसुन बेचेका छन भने बाकी नया दरभाउका अनुसार बेच्ने तयारीमा रहेका छन । उनले सो पैसाबाट बैशाखमा ३ जना छोराछोरीको स्कुलको शुल्क तिरेका छन भने घरमा खानका लागि गहु÷धान समेत किनेका छन । उपचार खर्च लगायत घरधन्दा समेत सोही पैसाबाट गरेको कुरा बताउछन । अब ८ कठ्ठामा लसुन लगाउने योजना समेत बनाएको कुरो सुनाउछन ।

यस्तै भारतको गुजरात बाट लकडाउनको समयमा ३ भाईहरु मध्ये २ भाईहरु रोजगार गुमाएर आईसकेपछि एक भाईले संचालन गर्दे आईरहेको खुद्रा पसलले केही नभएपछि वेदकोट नगरपालिका वडा न. ७ गाउजीका गोपाल धामीले पनि स्वीट नेपाल र नगरपालिकाको सहयोगमा ५ कठ्ठा जमिनमा ६५ किलो लसुन लगाए । उनले त्यसबाट बैशाखमा १० क्विन्टल लसुन उत्पादन गरेका छन । उनी अहिले खुद्रा रुपमा आफनै पसलमा १८० रुपया प्रतिकिलो बेचिरहेका छन उनी भन्छन, “म अझै महंगोमा केही समय पछि बेच्न सक्छु” ।उहाँसहित अहिले ३ जना भाईको सयुक्त परिवारका मान्छेहरु लसुनका साथै तरकारी खेतीमा लाग्ने अठोट गरेका छन । लसुन लाई हरेक बर्ष लगाउने र यस सिजनमा कम्तिमा १० कठ्ठामा लगाउन तयारी गरेका छन साथै बिउहरु ग्रडिङ्क गरी राखिसकेका छन ।

आज कोरोनाबाट प्रभाभित भएका, बिदेशमा रोजगारी गुमाएका ब्यक्ति, एकल महिला, दलित तथा पिडित परिवारलाई समेटने गरी वेदकोट नगरपालिका वडा न. ७ र ८ लाई लसुन पकेट क्षेत्रका लागि ३० जनालाई स्वीट नेपालको आयोजना र बेदकोट नगरपालिका तथा युएनडिपीको सहयोगमा कोभिड–१९ प्रतिक्रिया सामाजिक आर्थिक पुर्नप्राप्ति परियोजनाले सहयोग गरी उनीहरुको जिविकोपार्जनमा सहयोग भएको कुरा स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले दावी गरेका छन । संस्थाले ३० जना लसुन उद्यमीहरुलाई तालिम, बिउ, मल, औजार लगायत फिल्ड स्तरमै तालिम र स्याहारसुसारसमेत उद्यमीको सहकार्यमा संस्थाले गरेको थियो । अहिले वेदकोट नगरपालिकाको दुवै वडामा रहेका किसानहरुले लगभग २५ लाखभन्दा माथिको लसुन बेच्न पाउने भएका छन । (उपहार खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.