सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय, किराना पसल पनि खोल्न नपाइने !!

काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । वैठकले उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको गर्ने निर्णय गरेको छ । अव जारी थपिएको निषेधाज्ञामा तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न पाइने भएको छ ।

Sana Kishan

यस यस अघि खुल्दै आएका किराना पसल, डिपार्टमेन्टल स्टोल भने बन्द गर्ने साथै निजी र सार्वजनिक निर्माणको काम बन्द गर्ने प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गरेको छ । विहान मनिङवाक र वेलुका वाक गर्न रोक र अनावश्यक रुपमा हिड्नेलाई कारवाही जरिवाना हुने जानकारी दिनुभयो । पछिल्लो समय कोरोनाको संक्रमणको दर अपेक्षित रुपमा घटन नसके पछि जारी निषेधाज्ञालाई कडाई गर्ने निर्णय गरिएको हो ।

निषेधाज्ञामा सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन निर्णय भएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ १३ गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएको गरिएको थियो । (उपहार खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.