सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साहित्यकार डा. वानीरा गिरिको निधन !!

काठमाडौँ – साहित्यकार डा. वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा घण्टामा नै उहाँको निधन भएको थियो । उहाँ मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित हुनुहुुन्थ्यो ।

त्रिमूर्ति निकेतनका आयोजनामा डा. गिरिलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइनुका साथै रु. पाँच लाख राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधि पनि दिइएको थियो । विसं २०७६ मा वानीरा फाउण्डेशनको स्थापना भएको थियो । सो फाउण्डेशनको पुँजी करिब .रु सात करोड बराबर भएको संस्थाका सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।

गिरिको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उहाँ विसं २०२२ मा स्नातकोत्तर अध्ययन गर्न काठमाडौँ आउनुभएको थियो । उहाँ २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेशामा आबद्ध हुनुभयो । नेपाली भाषासाहित्यमा विद्यावारिधि(गोपालप्रसाद रिमालको काव्यसम्बन्धी २०४२) उहाँ पहिलो नारी हुनुहुन्थ्यो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

डा. गिरिका जीवन थाय्मरु, शान्तनु, कारागार जस्ता कविता, निबन्ध र उपन्यास गरेर १४ कृति प्रकाशित छन् । उहाँका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । नरेन्द्रराज प्रसाइँद्वारा डा .वानीरा गिरिको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरि’ (२०७०) प्रकाशन भयो भने सोको अङ्ग्रेजी भाषामा दुर्गा वनवासीले अनुवाद (२०७८) गर्नुभएको छ ।

Dirghayu Ads

सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा डा. गिरिले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो । डा. गिरिका पति, एक छोरा र एक छोरी हुनुुहुन्छ । फाउण्डेशनले गिरिजस्तो विशिष्ट प्रतिभाको असामयिक निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । (उपहार खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.