सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन सरकारले थप्यो ४ हप्ता समय !!

सरकारले थप खोप ल्याउन नसकेपछि सरकारले ६५ बर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउने नयाँ अवधि तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि भारतमा बनेको कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउनुपर्ने भनेको थियो । तर अब दोस्रो डोज खोप १६ हप्तापछि लगाउने गरी अवधि तोकेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए ।

मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले भारतले पठाएको नयाँ नियमअनुसार कोभिशिल्ड खोपको दोस्रो डोज १२ देखि १६ हप्तासम्ममा लगाउन सकिने र नेपालले त्यसैअनुसार तयारी गरेको जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

६५ बर्ष माथिकालाई कोभिशिल्ड खोप लगाएको आगामी २३ जेठमा १२ हप्ता पूरा हुँदैछ । तर हाल नेपालमा ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाउन पुग्ने गरी खोप मौज्दात छैन । खोप उत्पादक भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरेको १० लाख डोज कहिले आउने टुंगो छैन ।

Dirghayu Ads

यसअघि सेरमले यो वर्ष आफूहरुले खोप निर्यात गर्न नसक्ने बताइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ लाख जेष्ठ नागरिक दोस्रो डोज खोपको पर्खाइमा छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप खरिदका लागि सरकारले अमेरिका, बेलायत र रुसलाई पत्राचार गरे पनि जवाफ नआएको बताए ।

‘हामीले पत्र पठाएपछि केही कम्पनीले जवाफ पठाएका छन् र केहीले पठाएका छैनन् तर ठोस जवाफ आइसकेका छैनन्, हामी पहल गर्दैछौं’ उनले भने । (अनलाइनखबर बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.