सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माधवकुमार नेपाल समूहले बुझाएन स्पष्टीकरण, तीन नेतालाई निलम्वनको तयारी

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार सहित एघार जनाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएनन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नुको कारण माग्दै नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीम रावलसहित ११ जनालाई एमालेले स्पष्टीकरण सोधेको थियो ।

Sana Kishan

तर कसैले पनि स्पष्टीकरणको जवाफ नदिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका निम्ति नेता नेपाल सहित २६ सांसदले हस्ताक्षर गरेका थिए ।

World Link Ads
Mahakali Polytechnic

स्पष्टीकरणको जवाफ नदिएपछि अध्यक्ष ओलीले नेता नेपाल, खनाल र रावललाई निलम्बन गर्ने तयारी गरेको स्रोतले बताएको छ । ‘अहिले नै निष्काशनको तहमा पुगिन्न होला, तर निलम्बनको तयारी छ’, स्रोतले भन्यो ।

यसअघि एमालेले नेता नेपालसहित चार नेतालाई निलम्बनको निर्णय गरेका थिए । तर गएको ३० वैशाखमा ओलीले कारबाही फिर्ता लिने निर्णय गरेका थिए । (अनलाइनखबर बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.