सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा कोरोना संक्रमित मध्ये ५८ प्रतिशत बढीले कोरोना जिते !!

बैतडी – बैतडीमा कोरोना संक्रमित मध्ये ५८ प्रतिशत बढीले कोरोना जितेका छन् । जिल्लाभरी अहिले सम्म १ हजार ९८६ जनामा संक्रमण पुष्टि भएको र ती मध्ये १ हजार १६४ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयका सिआइसीटी सहजकर्ता बिनिता चौधरीले जानकारी दिइन् ।

कोरोना जित्नेको संख्या हेर्दा संक्रमितको ५८.६१ प्रतिशतले कोरोना जितेको उनले जानकारी दिइन् । यसमा ९३८ जना पुरुष र २३६ जना महिला रहेका छन् ।

Sana Kishan

केही दिन पहिलादेखि जिल्लामा कोरोना जित्नेको संख्या बढ्न थालेको चौधरीले बताइन् । यस्तै जिल्लाभरी अहिले ८०८ जना सक्रिय संक्रमित रहेका छन् । यसमा ३०९ जना महिला र ४९९ जना पुरुष रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।कोभीडका कारण जिल्लाभरी अहिले सम्म १४ जनाको मृत्यु भईसकेको छ । (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.