सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको झुलाघाट नाकाबाट फर्केका ८ प्रतिशत नागरिकमा कोरोना !!

बैतडी – भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट फर्किएका ८ प्रतिशतमा नागरिकमा कोरोना देखिएको छ । गएको चैत १० गतेदेखि सीमा नाकामा हेल्थ डेस्क सञ्चालनमा आएको र सो डेस्कमार्फत भारतबाट फर्किने प्रत्येक व्यक्तिको कोरोना परीक्षण गर्ने गरिएको हेल्थ डेस्कमा कार्यरत हेल्थ असिष्टेन्ट धर्म विकले जानकारी दिए ।

गएको चैत १० देखि हेल्थ डेस्क मार्फत अहिले सम्म १ हजार २ सय जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा ९८ जनामा संक्रमण पुष्टि भएको उनले बताए । उनले भने ‘झुलाघाट नाकाबाट फर्केका ८ प्रतिशत नागरिकमा कोरोना देखिएको छ । हामीले नाकामा नियमित रुपमा एन्टीजन विधिबाट परीक्षण गर्दै आएका छौं ।’

Sana Kishan

भारतबाट फर्केका नागरिकको कोरोना परीक्षण गरेर मात्रै गन्तव्यमा पठाउने गरिएको हेल्थ असिष्टेन्ट विकले बताए । सीमा नाकामा कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएकाहरुलाई आइसोलेसनमा राख्ने गरिएको उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमा नाकामा हेल्थ डेस्क राखेर कोरोना चेकजाँच गर्ने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । सीमा नाकाबाट भित्रिने सबै नागरिकको कोरोना परीक्षण गर्ने गरिएको उनले बताए । (सगुन खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.