सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रामपुर नगरपालिका आफै खोप किन्न अनुमति माग्दै  !!

पाल्पा — रामपुर नगरपालिका आफैले खोप किन्न अनुमति माग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको छ । नगरपालिका आफैले कोरोना भाइरस संक्रमण रोकथाम, उपचार, नियन्त्रण र व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेटेर खोप किन्न अनुमति मागेको हो ।

नगरपालिकाभित्र बसोवास गर्ने नागरिकका लागि कोभिड–१९ विरुद्धको खोप लगाउने सोंच नगरपालिकाको भएको नगरप्रमुख रमणबहादुर थापाले बताए । ‘हामी आफै खोप किनेर ल्याउने र लगाउन स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका छौं,’ नगरप्रमुख थापाले भने, ‘प्रचलित ऐन÷नियमावली र मापदण्डको परिधिभित्र रही र यसअघि सरकारले खरिद गरेको मूल्य र तोकिएको मापदण्डबमोजिम कोभिड–१९ विरुद्धको खोप किन्न माग गरेको हो ।’

 

नगरपालिकाले ५० हजार डोज खोप खरिद गर्ने कार्यका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग गरेको छ । नगरप्रमुख थापासँगै प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, पत्रकार अमृत अधिकारीसहितको टोलीले आइतबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई भेटेर यस विषयमा जानकारी गराएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नगरपालिकाको आग्रहलाई सकारात्मक लिएर सरकारको तर्फबाट केही आर्थिक तथा प्राविधिक सहयोग दिने मन्त्री त्रिपाठीले आश्वासन दिएको नगरप्रमुख थापाले बताए । संघीय सरकारले खोप किनेर ल्याउन नसकेर आलोचना खेपेको छ । रामपुर नगरपालिकाको प्रयास उदाहरणीय रहेको भन्दै मन्त्री त्रिपाठीले खरिदका साथै भण्डारमा सक्दो सहयोग गर्ने आश्वासन दिएको नगरप्रमुख थापाले बताए ।

नगरप्रमुख थापाले आफूले पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधाका साथै विकास बजेट र जनप्रतिनिधिहरुको भत्ता कटाएर ५० हजार डोज खोप किन्ने योजना नगरपालिकाले रहेको मन्त्री त्रिपाठीलाई जानकारी गराएका थिए । भारतका तीन कम्पनीसँग खोप किनेर ल्याउनका लागि नगरपालिकाले विभिन्न सम्पर्कमार्फत् प्रयास गरिरहेको नगरप्रमुख थापाले बताए ।

 

कोभिड–१९ विरुद्धको खोप खरिदमा समन्वय गरेका अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले भारतमा खोप उत्पादन गरिरहेका अन्तर्राष्ट्रिय कम्पनीहरुसंग छलफल भइरहेको बताएका छन् । (माधव अर्यालले ekantipur.com मा लेखेका छन्)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.