सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटी जिल्लाका विभिन्न स्थानीय तहमा एन्टिजेन तथा स्वास्थ्य सामग्री वितरण

डोटी – जिल्लामा कोरोना सङ्क्रमण दर दिनहुँ बढ्न थालेपछि गैरसरकारी संस्था मानवीय सेवामा अनेकौं प्रयास नामक (साइन नेपाल) ले यहाँका विभिन्न स्थानीय तहमा एन्टिजेन तथा स्वास्थ्य सामग्री वितरण गर्न थालेको छ।

उक्त संस्थाले जिल्लाको पुर्वीचौँकी, आदर्श, सायल, दिपायल सिलगढी, शिखर नगरपालिका तथा केआइसिंह गाउँपालिकामा कोरोना परीक्षण गर्न आवश्यक पर्ने एन्टिजेन किट तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। यसैगरी उक्त संस्थाले जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि एन्टिजेन किट, सर्जिकल मास्क, स्यानीटाइजर, ग्लोब्स, पिपिई सेट, अक्सोपल्सलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए।

उक्त संस्थाले डोटीमा मात्रै लाखौँ मूल्य बराबरका स्वास्थ्य सामग्री वितरण गरेको बताइएको छ। साइन नेपाल संस्थाद्वारा सञ्चालित केयर एण्ड रिलिफ परियोजनाअन्तर्गत केआइसिंह गाउँपालिकामा मात्रै १०० किट एन्टिजेन, पाँच हजार सर्जिकल मास्क, १० लिटर स्यानीटाइजर, ५० जोडी ग्लोव्स, दुई सेट पिपिई, दुई थान अक्सोपल्स मिटर हस्तान्तरण गरिएको छ।

World Link Ads
Mahakali Polytechnic

कोरोना महामारी बढ्दै गएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका स्थानीय तहहरूमा महामारी रोकथाम र उपचारमा सहज होस भन्ने उदेश्यले आफुहरूले एन्टिजेन तथा स्वास्थ्य सामग्री वितरण गर्न थालेको संस्थाका कोषाअध्यक्ष मेखराज भट्टले बताए।

Sana Kishan

उनले भने, “कोरोना महामारी रोकमथाम तथा नियन्त्रणका लागि हामीले सुदूरपश्चिमका विभिन्न जिल्लामा एन्टिजेन तथा स्वास्थ्य सामग्री वितरण गर्न थालेका छौँ, हामीले वितरण गरेका स्वास्थ्य सामग्रीले नागरिकको उपचारमा सहज होस्।”

साइन नेपालले स्वास्थ्य सामग्री उपलब्ध गराउन थालेपछि स्वास्थ्य परीक्षणमा सहज भएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिष शाहले बताए।

उनले भने, “सरकारबाट प्राप्त हुने स्वास्थ्य सामग्रीले यहाँका स्वास्थ्य संस्थालाई अपुग हुँदै आएको थियो, साइन नेपालले थप स्वास्थ्य सामग्री सहयोग गरेपछि केही सहज भएको छ।”

उक्त संस्थाले वितरण गरेका स्वास्थ्य सामग्री पाएपछि यहाँका स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरथ स्वास्थ्यकर्मीलाई बिरामीको उपचार तथा कोरोना परीक्षण गर्नमा निकै हसज भएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत तेजबहादुर शाहीले बताए। (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.