सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी दुइ राशि बीच प्रेम र विवाह कहिल्यै सफल हुदैन !!

कुनै पनि सम्बन्धको सुरुवाती अवस्थामा सबैकुरा राम्रो हुन्छ यो समयमा तपाईंलाई एक अर्काको नराम्रो बानी पनि राम्रो लाग्ने गर्दछ तर केही समयपछि रोमान्टिक डेट्सले झगडाको रुप लिने गर्दछ । आज हामी तपाईंलाई ट्यारो कार्ड अनुसार कुन राशीको मेल खराब छ भन्ने बारे जानकारी दिँदै छौं यदि तपाईं राशीमा विश्वास गर्नुहुन्छ भने तपाईंको राशीका लागि कोसँगको मेल सबैभन्दा खराब हुनसक्छ ।

मेष र वृषः मेष राशीहरु आत्मविश्वासी र भावुक हुने गर्दछन् उनीहरु आफ्नो कुराको अगाडि कसैको कुरा सुन्न रुचाउँदैनन् । यस्तै, वृष राशी भएकाहरु इमान्दार, व्यवहारिक र नविन दृष्टिकोणका हुन्छ । मेष राशी भएकाहरु प्रेमको मामलामा निकै खुल्ला विचारका हुन्छन् । उनीहरु समयसँगै चल्छन् र कसैलाई पनि सम्बन्धमा बाँधेर राख्न रुचाउँदैनन् ।

यस्तै, दोस्रोतर्फ वृष राशी भएकाहरु प्रेममा आफ्नो भविष्यबारे चिन्तित हुन्छन् उनीहरु आफ्नो पार्टनरका लागि कति महत्वपूर्ण छन् भन्ने कुरा उनीहरुलाई जान्ने इच्छा हुन्छ मेष राशीकाहरुलाई यस्तो कुरा फिटिक्कै मन पदैन सम्बन्धमा रहँदा यी दुई राशीबिच सधैं वैचारिक मतभेद रहन्छ ।

World Link Ads
Mahakali Polytechnic

कर्कट र मकर राशीः यी दुई राशी एक–अर्कासँग निकै भिन्न हुन्छन् उनीहरुबिच हरेक कुराका लागि मतभेद हुन्छ यी दुईलाई नै एक–अर्कामाथि अधिकारी जमाउने चाहना हुन्छ मकर राशीका मानिसहरु सहनशील हुन्छन् भने कर्कट राशी भएकाहरु आफ्नै सपनाको दुनियाँमा हराइरहेका हुन्छन् यी दुई राशीमा त्यतिबेला मात्र मेल हुनसक्छ जब यीमध्ये कोही एक पूर्ण रुपमा आफूलाई आफ्नो सम्बन्धका लागि समर्पित गर्नेछन् नभए यी दुईबिच सधैं झगडा मात्र हुने गर्दछ ।

Dirghayu Ads

वृश्चिक र मिथुन राशीः यी दुई राशीको मेल उनीहरुका लागि मात्र नभई वरिपरिका मानिसहरुका लागि पनि समस्या बन्ने गर्दछ मिथुन राशी भएकाहरु उग्र र हँसिमजाक गर्नुपर्ने किसिमका हुन्छन् भने वृश्चिक राशी भएकाहरु मितभाषी, रहस्यमयी र निकै विचारशील हुन्छन् हुन त यी दुईबिच केही समानता न हुन्छ तर यी दुई नै एक–अर्कालाई विश्वास गर्दैनन् ।

Sana Kishan

इर्श्यालु र शंका गर्ने वृश्चिक राशी भएका मानिसहरु कहिले पनि मिथुन राशीको पार्टनरलाई विश्वास गर्दैनन् यस्तै, अर्कोतर्फ मिथुन राशीहरु भरोसा गर्ने लायक पनि हुँदैनन् वृश्चिक राशी भएका मानिसहरु आफ्नो प्रेममा कुनै पनि कमी हुन दिँदैनन् तर मिथुन राशीहरु धैर्यहीन, लापरवाही हुन्छन् । उनीहरु चाँडै नै आफ्नो पिछा छोडाउन चाहन्छन् ।

धनु र वृष राशीः धनु राशी भएकाहरु वृष राशीहरुको निराशावादी स्वभावलाई बुझ्न सक्दैनन् वृष राशी भएकाहरु वृश्चिक राशी भएकाहरुको स्वभावलाई बुझ्न पनि कच्चा हुन्छन् धनु राशी धैयैवान र सधैं सतर्क हुन्छन् जसका कारण उनीहरु निरस र तनावमा रहिरहने वृष राशीहरुको व्यवहार बोरिङ लाग्ने गर्दछ । वृष राशी भएकाहरु सधैं आफ्नो परिवारका लागि त्याग गर्न तयार हुन्छन् यसमा धनु राशी भएका मानिसहरु पनि यस्तै हुन्छन् यो कुरामा यी दुई आपसी सहमती राख्ने गर्दछन् ।

वृष र सिंह राशीः जिद्दी, इमान्दारी र आकर्षणको विषयमा यी दुबै राशी एकै हुन्छन् उनीहरुको सम्बन्धमा सबैभन्दा ठूलो समस्या भनेको यी दुबैजना आफ्नो सम्बन्धमा शत प्रतिशत दिन सक्दैनन् ।सिंह राशीको इच्छा पूरा गर्न वृष राशीका मानिसहरु धेरैजसो असफल हुने गर्दछन् यस्तै, सिंह राशी भएका मानिसहरु आफ्नो स्वार्थका कारण वृष राशीका मानिसहरुलाई उनीहरुको इच्छाअनुसार प्रेम दिन सक्दैनन् यस्तो सम्बन्धमा यी दुबै पार्टनर कहिले पनि एक–अर्कालाई सन्तुष्ट गराउन सक्दैनन् ।

धनु र मकर राशीः यी दुई राशी बिच निकै बलियो आकर्षण हुने गर्दछ तर उनीहरुको सम्बन्ध धेरै समय टिक्न सक्दैन मकर राशी भएकाहरु सबैकुरा योजना अनुरुप गर्न रुचाउँछन् र उनीहरुलाई आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्न रमाइलो लाग्छ ।यस्तै स्वभावले लापरवाही धनु राशीहरु मकरभन्दा ठ्याक्कै विपरित स्वभावका हुन्छन् पैसाको बिषयमा यी दुईबिच धेरैजसो झगडा भइरहन्छ उनीहरु एक–अर्कालाई देखि सहदैनन् भन्दा पनि फरक पर्दैन ।

वृष र मिथुन राशीः मिथुन राशी भएकाहरु दिमागले सोच्छन् यस्तै वृष राशीहरु आफ्नो मनको कुरा सुन्ने गर्दछन् मिथुन राशी भएकाहरु लापरवाही र धैर्यहीन हुन्छन् जबकी वृष राशीहरु शान्त स्वभावका हुन्छन् मिथुनको विरक्त स्वभाव वृष राशी भएकाहरुलाई समस्यामा पार्नसक्छ । स्वभावका कारण यी दुई राशी एक–अर्काको विपरित हुन्छन् । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.