सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रियसभा उपनिर्वाचनमा असहयोग गर्ने नेकपा एमालेका १४ सांसदलाई २४ घण्टे स्पष्टीकरण !!

काठमाडौं : नेकपा (एमाले) बागमती प्रदेशको संसदीय बोर्डको बैठकले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गर्ने १४ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाका अनुसार पार्टीको आधिकारीक उम्मेदवारमाथि अन्तरघात गरेको भन्दै स्पष्टीकरण सोधिएको हो।

निरौलाका अनुसार बोर्ड बैठकले प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो।

Sana Kishan

निरौलाका अनुसार बैठकले प्रदेशसभा सदस्यलाई संसदीय दलको विधानको दफा २५, उपदफा ३ देहाय (क, ख, ग, घ र ङ) अनुसार अनुशासन उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोधेको हो।

World Link Ads
Mahakali Polytechnic

राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालन गरेकोलगायतका आरोपसमेत उनीहरुमाथि लगाइएको छ।

 

Dirghayu Ads

(अन्नपूर्ण पोष्टबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.