सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मौसम परिवर्तन हुने वेला कस्तो खानेकुराहरु खाने ?

फ्लु, रुघाखोकी र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि खानपानले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । अझ मौसम परिवर्तन (चिसो सकिने वेला)का वेला देखिने स्वास्थ्य समस्या रोक्न खानपानको झनै महत्वपूर्ण भूमिका रहन्छ । शरीरमा प्राकृतिक प्रतिरोधी क्षमता बलियो राख्न र स्वस्थ रहन दैनिक खानपानमा बढी नै ध्यान दिनुपर्ने हुन्छ । मौसम परिवर्तनका वेला खानपानमा निम्न तत्व समावेश गर्न पोषणविद्हरूको सुझाब छ ः

भिटामिन सीयुक्त खाद्य पदार्थःभिटामिन सी एन्टिअक्सिडेन्टयुक्त खाना हो, जसले शरीरमा प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गरिरहेको हुन्छ । भिटामिन सी पाउन सुन्तला, निबुवा, किबी, पालुंगोको साग आदि खान विज्ञहरूको सुझाब छ ।

प्रोटिनको खपत बढाउने ःशरीरको क्यालोरी खपत गर्ने मुख्य माध्यम प्रोटिन हो । बिहान–बेलुकी चिसो हुने हुँदा यो मौसममा धेरैजसोले दैनिक व्यायाम गर्दैनन् । जसका कारण शरीरको क्यालोरी सजिलै खपत हुँदैन । चिसोबाट बच्न धेरै खानेकुरा खाँदा शरीरमा आवश्यकभन्दा बढी क्यालोरी जम्मा हुन्छ । यो क्यालोरी सन्तुलनमा ल्याउन प्रोटिनयुक्त खाना खानुपर्छ । प्रोटिनयुक्त खाद्य पदार्थको सेवनले भोक कम लाग्छ, जसले गर्दा खाना कम खाइन्छ र क्यालोरी नियन्त्रणमा आउँछ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

तातो खानेकुरा खानेःदैनिक प्रयोगमा ल्याइने खानाले शरीरको तापक्रममा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यस्तो मौसममा तातो खाना सेवन गर्दा शरीरको तापक्रम एक्कासी घटबढ हुँदैन । शरीरमा ऊर्जा बढाउनका लागि समेत तातो खानेकुुरा खानुपर्छ ।

प्रशस्त पानी पिउनेः चिसो पूर्ण रूपमा हटिनसकेका कारण यसवेला धेरैले पानी कम पिउँछन् । जसले छाला सुक्खा हुने, पिसाबमा समस्या आउने, मिर्गाैलामा पत्थरी हुने जोखिम बढाउँछ । शरीरमा पानीको मात्रा कम हुन सक्ने जोखिमबाट बच्न दैनिक कम्तीमा ६ गिलास पानी पिउनुपर्छ ।

फलफूल र तरकारीः नियमित खानामा फलफूल र तरकारीको मात्रा बढाउनुपर्छ । शरीरलाई चाहिने आवश्यक तत्व फलफूल र तरकारीबाट पूर्ति हुने भएकाले स्वस्थ खानपान गर्नुपर्छ । अत्यधिक चिसो, मसला, प्रशोधित खाना, स्याचुरेटेड फुडको सट्टामा फलफूल र तरकारी खान आवश्यक हुन्छ । यसले रोगप्रतिरोधी क्षमता बढाउनुका साथै क्यालोरी खपत हुने भएकाले तौल सन्तुलनमा राख्न मद्दत गर्छ । (gnewsnepal बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.