सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाली कांग्रेसद्वारा अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण !!

253
Sana Kishan

कञ्चनपुर– नेपाली काँग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले शुक्लाफाँटा नगरपालिकालाई पल्स अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको छ।समितिका सभापति जयबहादुर विष्टले बिहिबार कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाका प्रमुख दिलबहादुर ऐरलाई अक्सिमिटर र कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्।

Karnali Traders

नगरपालिकालाई आठ थान अक्सिमिटर र तीन थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो।विश्वव्यापी महामारीका रूपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरसबाट सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन सामग्री हस्तान्तरण गरिएको विष्टले बताए।

Arus

सामग्री ग्रहणपछि नगर प्रमुख ऐरले नगरले सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उपचाररत बिरामीका लागि ती सामानको सदुपयोग गरिने बताए। नगरपालिकालाई उपलब्ध गराइएका सामग्री नेपाली काँग्रेसका केन्द्रिय सदस्य नारायण प्रकास (एनपी) साउँदको पहलमा उपलब्ध गराईएको सभापति विष्टले जानकारी दिए। (गोदावरी न्युज बाट सभार)

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.