सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्न राष्ट्रपतिले दिइन् २१ घण्टा !!

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगत्तै राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्तिको आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी हुन् । यसका लागि उनले जम्मा २१ घण्टा समय दिएकी छन् ।

राष्ट्रपति भण्डारीले बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय र प्रधानमन्त्रीको अनुरोधका आधारमा धारा ७६ (५) को सरकार गठनका लागि आह्वान गरेको राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उक्त पत्र अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले हाल विकसित राजनीतिक परिस्थितिमा सरकारलाई विश्वासको मत प्राप्त हुने आधार नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको भन्दै वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएको निर्णय थियो ।

Dirghayu Ads

राष्ट्रपति भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएकी छन् ।(अनलाइनखबर बाट सभार)

हेर्नुहोस् राष्ट्रपति कार्यालयको पत्र

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.