सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बादललाई हराउँदै राष्ट्रिय सभा सदस्यमा डा.खिमलाल देवकोटा विजयी !!

हेटौडा – राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा ५०८८ मतले विजयी हुनु भएको छ ।
उहाँको निकाटत प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ मत प्राप्त गर्नु भएको छ ।

वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए । त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।

Sana Kishan

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो । (उपहार खबर बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.