सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कान्छा पत्रकारको समाजसेवी मोह !

जनक महरा (डडेल्धुरा) – डडेल्धुरा भागेश्वर गाउँपालिका – ४ डुगरीका दीपक भट्ट सदरमुकाममै खबरदारी मिडिया संञ्चालन गर्छन र बोलन्या थली डडेल्धुरा युनिटको प्रमुखको जिम्मेवारीमा छन । सुदुर पश्चिममै सबैभन्दा कान्छा पत्रकार भट्ट जिल्ला पत्रकार महासंघको खुल्ला निर्वाचीत सदस्य पनि हुन । यसपाली भने गजबको सक्रियता र सामाजिक उत्तरदायित्व निर्वाहमा लागेका छन ।

बोलन्या थलीले सुरु गरेको “ प्राणका लागि रु ५०० अभियान “ को संयोजक भएर प्रदेशका ७ ओटै पाहाडी जिल्लामा अक्सिजन र अक्सिमिटरको निशुल्क बितरणमा लागेका उनलाई साथ दिरहेका छन सुरत तमोली भने अभियानको नेटवर्किङ धनगढीबाट केन्द्रीय संयोजक यादब जोशीले गरिरहेका छन । गत बर्ष आश्रय – अड्डा , दानापानी , ड्रोनबाट दैलोमा दवाई , नाकामा पिसिओ जस्ता पेन्डामिक लक्षित अभियान थलीले चलाएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

देशमा कोरोनाको दोस्रो लहर देखा परेपछि देशभर अक्सिजन अभाव हुनु थालेपछि प्राणका लागि रु. पाँच सय अभियान चालाईएको संयोजक भट्ट बताउछन । अभियान बोलन्या थली र खबरदारी मिडिया हाउसको सहभागीता चलिरहेको र अभियानलाई भागेश्वर गाउँपालिका र अमरगढी नगरपालिकाले समन्वय गरिदिएको हो ।

अभियानले सुदुर पश्चिम प्रदेशका डडेल्धुरा ,डोटी ,अछाम , बाजुरा लगायत जिल्लामा अक्सिजन सिलिन्डर वितरण गरेको छ भने , डडेल्धुरामा अक्सिमिटर पनि वितरण गरेको छ । अबका दिनमा अभियानले राहातका कुरा र अन्य जिल्लामा सिलिन्डर व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।

“ मानिसको जन्म पछि मृत्युु निश्चित छ , बाच्नुजेल समाज परिवर्तनका लागी आफ्नो स्वार्थ बाहेक र विवेकले सकेको योगदान समाजलाई दिऔ , परिवर्तन आफै हुदै जान्छ । आफुले कमाएको केहि अंश समाज लाई दान गर्नु नै धर्म हो , धर्म कमाउनु मन्दिर नै जानू पर्छ , पुजा नै गर्नु पर्छ भन्ने छैन । “

मेरो आमा , बुवा , घर परिवार र दाजु यादब जोशीलाई म मेरो प्रेरणाको स्रोत मान्छु । पत्रकारीता सङ्गै समाजसेवामा लाग्ने मेरो ठूलो रहर छ , उनले भने !

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.